Websoft University

www.radiomakalu.com || 021-522512


जर्मनीका कप्तान स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए


जर्मनीका कप्तान तथा म्यानचेष्टर युनाइटेडका मिडफिल्डर बास्टिन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

३१ वर्षीय खेलाडी स्वाइन्सटाइगरले ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन्। जर्मनीबाट एक सय २० खेल खेलेका स्वाइन्सटाइगरका लागि युरो कपको सेमिफाइनलमा फ्रान्ससँग २–० ले हार व्यहोरेको खेल नै अन्तिम खेल बन्यो।

जर्मन फुटबल संघका अध्यक्ष रेनहार्ड ग्रिन्डेलले स्वाइन्सटाइगरजस्तो ठूलो नामलाई राष्ट्रिय टोलीबाट बिदाई गर्नु परेको उल्लेख गरेका छन्।

घुँडाको चोट बोकेका स्वाइन्सटाइगर फ्रान्समा भएको युरो कपमा पुरै खेल खेलका थिएनन्। स्वाइन्सटाइगरले सन्याय लिँदै भनेका छन्,‘म जर्मनको अब समर्थक हो। धन्यवाद छ जर्मनी फुटबल संघ र मेरा प्रशिक्षकलाई। मैले राष्ट्रिय टोलीबाट खेलेका क्षण कति सन्दर र सफल छन् त्यो शब्दमा बयान गर्न सक्दिँन।’ उनले आफूलाई अब राष्ट्रिय टोलीमा नपार्न आफूले प्रशिक्षक जोकिम लोउलाई आग्रह गरिसकेको उल्लेख गरे।

उनले जर्मनीका लागि ब्राजिलमा २०१४ को विश्वकपको उपाधि जित्नु आफ्नो खेलजीवनकै अविस्मरणीय क्षण भएको पनि बताएका छन्। सन् २०१४ को विश्वकपमा जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि उचाल्दा स्वाइन्सटाइगरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

स्वाइन्सटाइगरले युरो कप २०१६ को सेमिफाइनलबाटै बाहिरिनु परेकोमा आफू दुःखी भएको वताएका छन्। म्यानचेष्टर युनाइटेडबाट खेलिरहेका स्वाइन्सटाइगरको क्लब करियर पनि अन्यौलमा परेका छ।

पोर्चुगिस् प्रशिक्षक जोसे माउरिन्हो म्यानचेष्टर युनाइटेडको प्रशिक्षक भएर आएपछि क्लब छोड्न अनुमति दिएका ९ खेलाडीको सूचीमा स्वाइन्सटाइर पनि एक हुन्। - सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget