Websoft University

www.radiomakalu.com || 021-522512


भारत दिलबाट मिलेको कि दाउ हेरेको ?


Gopal-Budhathoki
गोपाल बुढाथोकी
नेपाल र भारतको सम्बन्ध पहिले ठीकै थियो, संविधान बनेपछि बिग्रियो, अहिले ठीकठीकै अवस्थामा आइपुगेको देखिन्छ । किन ठीकठीकै भने अहिले भारतले नाकावन्दी लगाएको छैन, पारवहन तथा व्यापारमा खासै अवरोध गरेको छैन । यति आधारमा नै नेपाल भारत सम्बन्ध सुमधुर भन्ने टिप्पणी जिम्मेवार तहबाट आउन थालेको छ । के सा“च्चै सम्बन्ध सुमधुर भएको हो त ? प्रश्न उठ्नु स्वाभाविक हो र जवाफ खोज्नु आवश्यक पनि हो ।
विचार गरौं, नाकावन्दी यता नेपाल भारत सम्बन्ध सहज बनाउने के के काम भए ? अह“ केही पनि देखिन्न । यस बीचमा परराष्ट्रमन्त्री कमल थापाले केही पटक भारत भ्रमण गरे । हरेक पटकको भ्रमणमा उनले सम्बन्धमा सुधार आएको बताए । उता भारतीय विदेश मन्त्री सुष्मा स्वराजले पनि सम्बन्ध सुधारिएको बताइन् । दुवै विदेशमन्त्रीले बताएपछि सम्बन्ध सुधारिएको मान्नैपर्ने हुन्छ । तर, कूटनीतिमा बोली होइन व्यवहार महत्वपूर्ण हुन्छ, काम होइन परिणाम महत्वपूर्ण हुन्छ । बोलीका आधारमा हेर्ने हो भने सम्बन्ध सुधारिएकै हो । व्यवहारका आधारमा हेर्ने हो भने नेपाल भारत सम्बन्ध विगतमा कहिले पनि सन्तोषजनक रहेन । नाकावन्दी पहिलेको जति सुमधुर सम्बन्ध अहिले छैन । तब कसरी भयो सम्बन्ध सुधार ?

यस बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रद्द भएको छ । भारतका लागि नेपालका राजदूत फिर्ता बोलाइएका छन् । सचिव स्तरीय द्विपक्षीय वैठकहरुमा ठोस सहमति हुन सकेको छैन । नेपाललाई भारतले दिंदै आएको सहायता कटौती गरिएको छ । आपसी सहकार्यका लागि थप केही काम भएको छैन । मुख्य कुरा, नेपालको संविधान अस्वीकार गर्ने भारतीय नीति यथावत छ । ओली सरकारप्रति भारतको वक्रदृष्टि यथावत छ भन्ने स्वयं प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिबाट पनि प्रष्ट छ । तब, कसरी भयो सम्बन्ध सुधार ?

सम्बन्ध सुधार हु“दै नभएको भने होइन । नाकावन्दीको बेलाजस्तो तनाव अहिले छैन । मधेसी जनजाति आन्दोलनलाई पहिले जसरी भारतले प्रत्यक्ष का“ध नथापिरहेको अवस्था छ । यसबीचमा नेपाल भारतविज्ञ समूहले काम थालेको छ । यसलाई सकारात्मक मान्न सकिन्छ ।

नेपाल भारतबीच अहिले देखिएको सम्बन्ध सुधारको भित्री पक्ष भने अर्कै छ । सम्बन्ध सुधार्नु नेपालको मात्र बाध्यता रह“दै आएको थियो, भारतको बाध्यता थिएन । भारतले नेपाललाई पेल्ने र ठेल्ने नीति मात्र सदैव अपनाउ“दै आयो । नेपाललाई जति पनि पेल्न र ठेल्न सकिन्छ, सजिलै ठेगान लगाउन सकिन्छ भन्ने भारतीय मानसिकताकै उपज थियो नाकावन्दी । तर, यो नीति अब चल्न सक्दैन भन्ने भारतले बुझेन । नेपाल र भारतको सम्बन्ध फेरिएको छैन होला, अवस्था फेरिएको छैन होला, तर विश्व र दक्षिण एसियाको परिवेश धेरै फेरियो भन्ने भारतले बुझेन । दक्षिण एसिया प्रवेश गर्ने, त्यो पनि नेपालको बाटो भएर भन्ने चिनिया“ नीतिका लागि भारतीय नाकावन्दी वरदान सावित भयो । यही मौकामा चीनले नेपालसंग पारवहन सन्धि ग¥यो, अन्य दूरगामी महत्वको सन्धि सम्झौता ग¥यो । यसबाट भारत निद्राबाट ब्यू“झिएको हालतमा पुग्यो र सम्बन्ध सुधार्न लागिप¥यो । यो भनाई कसैको दुईमत नहोला ।

नेपाल भारत सम्बन्ध अहिले सुधार भएको हो भने त्यसको मुख्य कारण चीन फ्याक्टर नै हो । नेपालले चाइना कार्ड प्रयोग गर्न सक्दैन र प्रयोग गर्न खोज्यो भने पनि चीन तयार हु“दैन भन्ने भारतीय बुझाई गलत सावित भयो । यसको परिणाम के भयो भने नेपाललाई पेलेर र ठेलेर होइन फकाएर हात लिनुपर्ने रणनीतिक बाध्यतामा भारत पुग्यो । यही कारण अहिले सम्बन्धमा सुधार आएको बुझ्न गाह्रो छैन ।

अब नेपाल भारत सम्बन्ध कस्तो हुन्छ ? यो विचारणीय प्रश्न छ । चीनले नेपाललाई रेलमार्गले जोड्ने रणनीति घोषित रुपमै अगाडि बढाएको छ । जवाफमा भारतले पनि नेपाललाई रेल सञ्जालले जोड्ने घोषणा गरेको छ । नेपालको मायाले नभएर चीनसंगको प्रतिस्पर्धाले गर्दा नेपालमा रेल ल्याउन भारतलाई हतारो भइरहेको छ । यसबाट पनि नेपालमा चीन र भारतको खुला प्रतिस्पर्धा झल्कन्छ । नेपालले के तथ्य बिर्सन हु“दैन भने चीन र भारत प्रतिस्पर्धी त हुन् तर सत्रु होइनन् । दुवै देशलाई सम्झाई बुझाई गरेर, फकाएर र विश्वासमा लिएर अगाडि बढ्ने नेपाली नीति निरन्तर हुन सक्यो भने नेपालले लाभ पाउन सक्छ र दुवै देशसंग सम्बन्ध सुधारिने छ ।

अब नेपालले चीनलाई रिझाउने भारतलाई चिढाउने अथवा भारतलाई रिझाउने चीनलाई चिढाउने नीति लिन सम्भव छैन । चीनसंग दूरीमा बस्न भारतले सोझो या घुमाउरो दवाब अवश्य दिने छ तर नेपालले बेवास्ता गर्नुपर्ने हुन्छ । भारतीय दवाबलाई नेपालले कति बुद्धिमतापूर्वक झेल्न सक्छ त्यसैमा भविष्यको नेपाल–भारत सम्बन्ध निर्भर रहने छ । भारतीय दवाबमा प¥यो भने सम्बन्ध नाकावन्दी पहिलेको असमान अवस्थामा फर्किने छ । चीनको प्रभावमा मात्र प¥यो भने भारतसंग सम्बन्ध संधै तनावपूर्ण भइरहने छ ।

चीन नेपालको आवश्यकता थियो नै, नाकावन्दीपछिको परिवेशमा बाध्यता पनि हो । जसरी भारतसंगको सांस्कृतिक, आर्थिक, सामाजिक सम्बन्ध नेपाललाई बाध्यता हो, त्यसैगरी चीनसंगको सम्बन्ध पनि बाध्यता हो । चीन र भारत बाहेक नेपालको जोडिएको छिमेकी छैन । नेपालको यो बाध्यता भारतले बुझ्ने हो भने भविष्यमा नेपाल भारत सम्बन्ध वास्तवमै अति निकट र सुमधुर हुनसक्नेछ । द्विपक्षीय सम्बन्ध ताली हो जो एक हातले मात्र बज्दैन । अहिले भारतले नेपालसंग दिल मिलाएको हो कि दाउ मिलाएको हो भन्ने असाध्यै महत्वपूर्ण प्रश्नको जवाफ भने समयले मात्र दिन सक्नेछ ।
(बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्)

।रातोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget