Websoft University

www.radiomakalu.com || 021-522512


अब घडीजस्तै नाडीमा बाँध्ने स्मार्टफोन



आउँदो पाँच वर्षमा तपाइँको नाडीमा बाँध्न सकिने मोबाइल फोन बजारमा आउने छन् । लेनेभो मोबाइल बिजनेस ग्रुपका सह अध्यक्ष एमार डी लेंक्वेसेंगले एक अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन् ।


उनका अनुसार सन् २०२० सम्ममा मानिसको नाडीमा बाँध्न सकिने खालका लचिलो स्मार्टफोन बजारमा आउनेछन् । हालै आयोजित लेनेभो टेक वल्र्डमा कम्पनीले यस्तो लचकदार फोनको प्रोटोटाइप पेश गरेको छ ।

लेनोभो टेक वल्र्डमा चिनिया निर्माता कम्पनी लेनोभोले फरक फरक डिग्रीसम्म घुमाउन सकिने दुइवटा फोनका नमूना अर्थात डेमो पेश गरिएको थियो । यसमा ८ इन्चको एक ट्याबलेट थियो जसलाई पूरै आडधाआधाी मोड्न सकिन्थ्यो ।

अर्को स्मार्टफोन ४.२६ इन्चको थियो जसलाई मानिसको नाडीमा बाँध्न सकिन्छ । दुबै डिभाइसले गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टममा काम गर्नेछन् ।



लेनोभोले आफ्नो लचकदार फोनलाई सुरुमा एसियाली बजारमा बिक्रि गर्नेछ । दक्षिण कोरियाली कम्पनी सामसुंगले पनि स्त्रिmन फोल्ड गर्न सकिने फोनको विकाश गरिरहेको छ । जुन सन् २०१७ सम्ममा बजारमा आइसक्नेछ । त्यस्तै एलजीले पनि पारदर्शी डिस्प्लेको आफ्नो प्रोजेक्टमा काम गरिरहेको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget