Websoft University

www.radiomakalu.com || 021-522512


कानुनी राजमा अपराधी उम्कन नसक्ने - महानिरीक्षक उपेन्द्रकान्त अर्याल


चितवन, असार २६ गते । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कानुनी राजमा अपराधी उम्कन नसक्ने बताउनुभएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १६४ औंँ समूहको दीक्षान्त समारोहमा उहाँले भन्नुभयो “नीलो बर्दीले कमजोरी सहन सक्दैन ।”



सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरी कहिल्यै हुँदैन भन्दै उहाँले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीले समय र विकासक्रमसँगै परिमार्जित भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले प्रहरी र अनुसन्धानले गर्ने काम फरक भए पनि मिलेर गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले दीक्षित प्रहरी सहायक निरीक्षकलाई समयसापेक्ष व्यावसायिक क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्न निर्देशन दिनुभयो । विसं २०७२ साउन १७ गतेदेखि तालिम लिएका ४१ महिला सहित ५९२ जना आज दीक्षित भएका हुन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget