Websoft University

www.radiomakalu.com || 021-522512


प्रसूति गृहमा टेस्ट्युब बेबी सेवा सुचारु, सेवा विस्तार गर्न नयाँ भवन बनाइँदै

Prauti-Griha

काठमाडौँ— भूकम्पपछि बन्द भएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको टेस्ट्युब बेबी सेवा सुचारु भएको छ । जस अनुसार असारमा पाँच दम्पतिले यो सेवा पाउने भएका छन् ।
अस्पतालका प्रशासकीय अधिकृत अमरनाथ अमात्यले भवनको अभावमा सबैलाई सेवा दिन भने नसकिएको बताए । भूकम्पले भवनमा क्षति पुर्याएका कारण एक वर्षसम्म यो सेवा बन्द भएको थियो ।

नयाँ भवन बनेपछि एकै पटक धेरै दम्पतिले टेष्टयुव बेवीको सेवा सस्तोमा गुणस्तरीय सेवा लिन पाउने अमात्यले बताए ।

परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ललितपुरको कुपण्डोलमा रहेको ३५ रोपनी जग्गामा टेष्ट्युव बेवीको लागि आइभिएफ सेन्टर बन्ने भएको छ ।

हाल थापाथलीमा रहेको भवन भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएपछि अस्पतालले नयाँ भवन बनाई टेष्ट्युब बेबीको सेवा पनि बिस्तार गर्ने बताइएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत अमरनाथ अमात्यले अहिले टेण्डर आह्वान गर्ने काम भइरहेको र भदौँ महिनाबाट भवनको नक्साङकन गर्ने कार्य हुने बताए ।

उनले भने, ‘‘हामीले कुपोण्डोलमा रहेको जग्गामा टेष्ट्युव बेवी बाहेक एकेडेमिक भवन पनि बन्ने छ । जहाँ मिडवाइफरीको पिसिएल, बिएन र स्नाकोत्तरसम्मको अध्ययन पनि हुनेछ ।’’

करिब २५ करोडको लागतमा निर्माण गरिने भवन बनेपछि टेष्ट्युव बेबीको सेवा लिन चाहनेका लागि सहज हुने प्रशासकीय अधिकृत अमात्यले बताए ।- स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget