व्यवस्थापिका–संसद्को बैठकलाई अघि बढाउन सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासँग पुनः छलफल सुरु गरेकी छन्।
संसद्को कार्यसूचीलाई लिएर बिहीबार निर्धारित ११ बजेका लागि तोकिएको बैठक सुरु हुन नसकेपछि सहमति जुटाउन सभामुख घर्तीले आजै विहान पनि छलफल गरेकी थिइन्।
उनले अहिले संसद् भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहेकी छन्।
बैठक विशेष कारण देखाउँदै सूचना टाँस गरी २ बजेका लागि तोकिएको थियो। प्रमुख दलबीच अविश्वासको प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयक कसलाई अगाडि बढाउने भन्ने विषयमा विवाद चुलिएका कारण बैठक अगाडि बढ्न नसकेको हो। रासस
Post a Comment