Websoft University

www.radiomakalu.com || 021-522512


केमोथेरापीबारे भ्रम र सत्यहरू


साधारणतया केमोथेरापी भन्नाले कुनैपनि औषधिको प्रयोग गरेर उपचार गर्ने भन्ने बुझिन्छ । तर, चलनचल्तीको भाषामा केमोथेरापी भन्नाले औषधिको प्रयोग गरी क्यान्सरको उपचार भन्ने बुझिन्छ । क्यान्सरको नाम सुन्नासाथ सबैमा डर र त्रासको भावना उत्पन्न हुने गर्छ । क्यान्सर असाधारण र जटिल रोग भएपनि यसको बारेमा कम ज्ञान भएकाले नै बढी डर लाग्ने कुरा प्रस्ट छ । क्यान्सर रोग लागेपछि उपचार सम्भव छैन र छिट्टै ज्यान जान्छ भन्ने सोचाईले गर्दा बढी समस्या भएको देखिन्छ । तर वास्तवमा त्यो सही होइन । क्यान्सर भई सकेपछि पनि धेरै प्रकारको उपचार सम्भव छ र उपचार पछि रोग निको हुने सम्भावना पनि राम्रो हुन्छ ।
क्यान्सरको उपचार गर्ने पद्धति साधारणतया ३ प्रकारका छन् :
१. सर्जरी: यस पद्धतिमा जुन भागमा क्यान्सर लागेको छ, त्यसलाई अपरेसन गरेर शरीरबाट फाल्ने भन्ने बुझिन्छ ।सम्भवभएको अवस्थामा यो उपचार सबैभन्दा प्रभावकारी हुन्छ ।
२. रेडिएसन थेरापी :  यस पद्धतिमा विकिरणको प्रयोग गरेर क्यान्सरको उपचार गरिन्छ । रोग अनुसार सही ठाउँमा प्रयोग गरे यसबाट विभिन्न प्रकारको क्यान्सरनिदान हुन सक्छ ।
३. केमोथेरापी 

: यसमा औषधिको प्रयोग गरि क्यान्सर उपचार गरिन्छ ।

केमोथेरापी

क्यान्सर केमोथेरापी भन्नाले विभिन्न प्रकारका औषधि प्रयोग गरि क्यान्सरनिर्मुल गर्ने पद्धतिभन्ने बुझिन्छ । औषधि प्रयोगले क्यान्सर कोशिकाहरूलाई मारेर शरीरलाई क्यान्सरमुक्त बनाउने कोशिस गरिन्छ । क्यान्सरको उपचारको सन्दर्भमा यो एक मान्यताप्राप्त र प्रभावकारी पद्धति हो । यसमा विभिन्न प्रकारका इन्जेक्सन औषधिलाई सलाइन पानीमा मिसाएर दिइन्छ । कतिपय केमोथेरापी औषधि खाने चक्कीको रुपमा पनि पाइन्छ ।
केमोथेरापी प्रयोग गर्ने अवस्थाहरु
केमोथेरापी प्रयोग गर्ने अवस्थामुख्यतया ४ प्रकारका हुन्छन्। यी अवस्थाहरु उपचारबाट खोजेको परिणाममा भर पर्दछ ।
१. क्युरेटिभ इन्टेन्ट : यस प्रकारको उपचारमा केमोथेरापीको प्रयोगबाट सम्पूर्ण क्यान्सर कोशिकालाई मारेर शरीरलाई क्यान्सरमुक्त बनाउने कोशिस गरिन्छ । यो उपचार पछि बिरामीहरु पूर्णतया क्यान्सरमुक्त भएर साधारण जीवन बिताउन सक्छन्। सबै क्यान्सरमा यो उपचार सम्भव छैन । यस्तो उपचार बढी जटिल हुनुका साथैसाईड इफेक्टहरु पनि बढी हुने गर्छन् । साथै यस्तो उपचार गर्न दक्ष जनशक्ति र राम्रो सपोर्ट टिम पनि आवश्यक पर्छ । यस प्रकारको उपचार सम्भव हुने क्यान्सरहरुमा ब्लड क्यान्सर, लिम्फोमा, जर्म सेल ट्युमर, कोरिओ कार्सिनोमा, टेस्टीकुलर क्यान्सर पर्छन् ।
२. आडजुव्हेट इन्टेन्ट : यस प्रकारको उपचारमा अपरेसन गरिसकेका बिरामीलाई थप औषधि प्रयोग गरि क्यान्सरपूर्णतया निर्मुल पार्ने कोशिस गरिन्छ । अपरेसन गरिसकेका बिरामीको प्याथोलोजी रिपोर्ट हेर्दा रोग फेरि बल्झिने सम्भावना देखिएमा यो उपचार गरिन्छ । यस प्रकारको उपचारबाट पनि धेरै प्रकारका क्यान्सर निर्मुल पार्न सकिन्छ । यस प्रकारको उपचार सम्भव हुने क्यान्सरहरुमा स्तन, आन्द्रा, पेट तथा फोक्सोको क्यान्सर, पेडियाट्रिक सोलिड ट्युमर, सार्कोमा, ककव्हेरीको क्यान्सर पर्दछन्।
३. निकक आडजुव्हेट इन्टेन्ट : यस प्रकारको उपचार पद्धतिमा अपरेसन गर्नुभन्दा पहिले केमोथेरापी दिईन्छ । यदि ट्युमरको मात्रा र आकार ठुलो छ भने पहिले केमोथेरापी दिएर ट्युमरलाई सानो बनाउने कोशिश गरिन्छ र त्यसपछि सम्पूर्ण ट्युमरलाई अपरेशन गरेर शरीरबाट फालिन्छ । यसप्रकारको उपचारबाट पनि धेरै प्रकारका क्यान्सर निर्मुल पार्न सकिन्छ ।स्तन, आन्द्रा, पेट तथा युरोथेलिअल क्यान्सर र सार्कोमा यस पद्धतिबाट उपचार गर्न सकिन्छ ।
४. प्यालियेटिव इन्टेन्ट : निर्मुल गर्न नसकिने क्यान्सरहरुलाई यस प्रकारको पद्धतिबाट उपचार गरिन्छ।यसबाट बिरामीहरुमा क्यान्सरबाट हुने लक्षण कम गरि बिरामीको जीवन बढी सजिलो बनाउने कोशिस गरिन्छ । यस प्रकारको उपचारबाट बिरामीलाई क्यान्सरले गर्दा भइरहेको लोकल र सिस्टेमिक इफेक्टकम गर्न सकिन्छ । यसबाट आयु पनि केही लम्बिन्छ ।साधारण भाषामा यही प्रकारको उपचारलाई क्यान्सर र यसको उपचारको पर्यायबाचीको रुपमा लिने गरेको पाइन्छ । यस प्रकारको उपचार सम्भव हुने क्यान्सरहरुमा पित्तको थैलीको क्यान्सर, प्याङक्रियाजको क्यान्सर, मेटास्टाटिक ब्रेस्ट क्यान्सर, मेटास्टाटिक आन्द्राको क्यान्सर, रिकरेन्ट क्यान्सर पर्दछन् ।
केमोथेरापीका फाइदा

कालान्तारदेखि विश्वभरि नै क्यान्सरसम्बन्धि विभिन्न सोध हुँदैं आएका छन् । ती सबैको नतिजाअनुसार हाल क्यान्सरसम्बन्धि उपचार पनि विकसित हुँदै गईरहेका छन् । अहिले केमोथेरापीमा पनि नयाँ–नयाँ पद्धतिविकास हुँदै आएका छन् । अहिले प्रयोग गर्न सकिने औषधिहरु ट्युमर स्पेसिफिक हुनुका साथै साइडइफेक्ट पनि कम छ ।

क्यान्सर लागेका बिरामीलाई मुख्यतया रोग लागेको भागको लोकल लक्षण, फैलिएको भए त्यस भागको लक्षण र क्यान्सरको सिस्टेमिक लक्षण देखा पर्ने गर्छन् । केमोथेरापीले लोकल तहमा र फैलिएको ठाउँमा ट्युमरको आकार घटाएर लक्षण कम गर्दछ भने सर्कुलेटिंग ट्युमर बर्डेन कम गरेर सिस्टेमिक लक्षण पनि कम गर्छ । केमोथेरापीले बिरामीमा देखा पर्ने प्यारानेओप्लास्टिक सिम्टम्स पनि कम गराउन मद्धत गर्दछ ।केमोथेरापीका साईडइफेक्ट

केमोथेरापी सिस्टेमिक थेरापी भएको हुँनाले यसले क्यान्सर कोशीकाका साथै नर्मल कोशीकामा पनि असर गर्छ । केमोथेरापीको मुख्य एक्सन ‘फास्ट ग्रोइङ सेल्स’ मा हुने हुँदा कपाल झर्ने, मुखमा घाउ आउनेजस्ता साइड इफेक्ट देखिन्छन्। साथै हरेक औषधिको आफ्नै साइडइफेक्ट पनि हुने गर्छन् । यसमा शरीरको रगत कम हुने, न्यूट्रोफिल कम भइ इन्फेक्सन हुने, प्लटेलेट कम भइ रगत बग्ने हुन सक्छ । त्यस्तै पातलो दिसा या कब्जियत हुनेजस्ता समस्या पनि हुन सक्छन्। केमोथेरापीको सिस्टेमिक साइड इफेक्टले गर्दा शरीर कमजोर हुने, आलस्य हुने, केही पनि गर्ने शक्ति नभएको जस्तो हुने जस्ता लक्षण पनि देखा पर्छन्।

यी सबै लक्षण क्षणिकमात्र रहन्छन् र बिस्तारै हराउँदैं जान्छन् । तर केमोथेरापीबाट हुने फाइदा लामो समयसम्म रहिरहन्छ । साइड इफेक्टलाई कम गर्दै केमोथेरापी पूरा गरेमा धेरै फाइदा हुने निश्चित छ ।

केमोथेरापी बारे रहेका भ्रमहरु
केमोथेरापीको बारेमा धेरै प्रकारका भ्रम छन् ।जसले गर्दा जनमानसमा केमोथेरापी सुरु गर्न र उपचार पूरा गर्नबाधा पुग्ने गरेको छ ।केही भ्रमहरु र तिनीहरुको सत्यता निम्नअनुसार छन् ।
१. केमोथेरापी अन्तिम अवस्थामा मात्र प्रयोग हुन्छ : असत्य । माथि लेखमा उल्लेख भए अनुसार विभिन्न प्रकारको क्यान्सरमा केमोथेरापी दिनुको उद्धेश्य फरक–फरक हुन्छ । क्युरेटिभ इन्टेन्ट, आडजुव्हेट इन्टेन्ट र निकक आडजुव्हेट इन्टेन्टको केमोथेरापीक्यान्सरको सुरुको अवस्थामा दिइन्छ भने प्यालियेटिव इन्टेन्टको केमोथेरापी मात्र अन्तिम अवस्थामा प्रयोग हुन्छ ।
२. केमोथेरापीले बिरामीलाई झन् गाल्छ : असत्य । बिरामीलाई क्यान्सरको लक्षणले गर्दा कमजोरी भएको बेलामा केमोथेरापी चलाए पछि शरीरमा क्यान्सरको मात्रा कम हुँदै जान्छ र फाइदा नै हुन्छ । केमोथेरापीको साथमा शरीरले पनि क्यान्सरसंग लड्ने क्रममा केही समय कमजोरी महसुस भए पनि पछि गएर फाइदा नै हुन्छ ।
३. केमोथेरापीले फाइदाको सट्टा नोक्सान मात्र गर्छ : असत्य । क्यान्सरको प्रकार र स्टेज हेरी फाइदा हुने गर्छ । उपचार राम्रो हुने क्यान्सर र अगाडिको स्टेजको क्यान्सर भएको अवस्थामा पक्कै पनि फाइदा हुन्छ । बिरामीहरुमा देखिने साइड इफेक्टलाई नोक्सान मान्नु हुन्न किनभने यो केही समयका लागि मात्र हुन्छ र पछि गएर फाइदा नै हुन्छ । केही बिरामीमा पहिला केही सपोर्टिभ उपचार गरेर मात्र केमोथेरापी गरेमा यो साइडइफेक्ट पनि कम गर्न सकिन्छ ।
४. केमोथेरापी धेरै महँगो हुन्छ : यो पूरा सत्य होइन । कतिपय केमोथेरापीको मूल्य धेरै हुँदैन । जस्तै ब्लड क्यान्सर, लिम्फोमा, सार्कोमा आदिको केमोथेरापी औषधि महँगो हुँदैन । कतिपय औषधि महँगो भए पनि त्यसको बदलामा अन्य औषधि पनि प्रयोग गर्ने मौका हुन्छ । नेपाल सरकारले सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरु लाई१ लाख रुपियाँ बराबरको केमोथेरापी खर्च उपलब्ध गराउने हुँदा पनि कुनै पनि नेपाली नागरिक खर्चको अभावमा उपचारबाट वन्चित हुनुपर्दैन ।
५. बारम्बार चलाउँदाखर्च मात्र हुन्छ र फाइदा हुँदैन : यो पूरा सत्य होइन । कतिपय अवस्थामा दोश्रो अथवा तेश्रोपटक पनि केमोथेरापी लगाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा उपचारमा संलग्न डाक्टरसंग उचित परामर्श लिएर मात्र उपचार गर्नुपर्छ । साधारणतया यस्तो उपचारबाट धेरै फाइदा हुँदैन र केही लक्षणमात्र मात्र कम हुने गर्छ । तर कतिपय अवस्था जस्तै, लिम्फोमाको दोश्रो अथवा तेश्रो केमोथेरापी गर्दा रोग फेरि निर्मुल हुने सम्भावना पनि हुन्छ ।


लेखक आर्मी अस्पताल र ग्रीन सिटी अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर विशेषज्ञ हुन ।- डा. राजीबकुमार देव, वरिष्ठ क्यान्सर विशेषज्ञ, 
स्वास्थ्यखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget