Websoft University

www.radiomakalu.com || 021-522512


नेपाली फुटबल टोलीलाई ‘टिम अफ द इयर’बाट सम्मान गरिँदै



काठमाडौं, साउन ६ गते । आज घोषणा हुने पल्सर स्पोर्टस अवार्ड अन्तर्गत गत बर्ष उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिम अफ द इयरको उपाधिबाट सम्मान गरिने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले गत बर्ष गरेको उत्कृष्ट प्रदर्शनको आधारमा नेपाली टोलीलाई टिम अफ द इयरको उपाधिबाट छुट्टै सम्मान गर्न लागिएको जानकारी दिए ।

गत बर्ष लामो समयपछि नेपाली फुटबल टोलीले दुई उपाधि जितेको थियो । २३ बर्षपछि नेपाली फुटबलमा उपाधिको खडेरी तोड्दै दुई उपाधि भित्र्याएको नेपाली टोलीलाई सम्मानस्वरुप टिम अफ द इयरको उपाधिबाट सम्मान गर्न लागिएको हो ।

नेपाली टोलीले बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा भएको १२औं सागमा फुटबलबाट स्वर्ण जितेको थियो ।

अवार्डका चार बिधामा पनि फुटबलका ५ खेलाडी तथा प्रशिक्षक मनोनयनमा परेका छन् ।

यसअघिको संस्करणमा नेपाली क्रिकेट टिमले यस्तो सम्मान पाएको थियो । जतिबेला नेपाली क्रिकेटले ऐतिहासिक प्रदर्शन गर्दै ट्वान्टी ट्वान्टी बिश्वकपमा सहभागीता जनाएको थियो ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget