यातायात व्यवस्था कार्यालय एकान्तकुनाका उपसचिव तेज प्रसाद उप्रेतीले सोमबारदेखि लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको बताए।
त्यस्तै दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स लिँदा र नवीकरण गर्दा लाग्ने ७ सय रुपैयाँ बढाएर १५ सय रुपैयाँ बनाइएको छ।
कार, जिप, डेलिभरी भ्यानको १ हजार रुपैयाँ बढाएर २ हजार रुपैयाँ लागू गरेको पनि उप्रेतीले बताए। त्यस्तै मिनीबस, मिनी ट्रकको १५ सय रुपैयाँबाट वृद्धि गर्दै २५ सय रुपैयाँ र ठूला सवारी साधनको लाइसेन्स लिँदा लाग्ने पुरानो शुल्क २ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ लागू गरेको उप्रेतीले सेतोपाटीलाई जानकारी दिए।
त्यस्तै प्रतिलिपी लाईसेन्स दिँदा लाग्ने १ सय रुपैयाँ पनि बढाएर ५ सय रुपैयाँ बनाएको उप्रेतीले बताए।- सेतोपाटीबाट
Post a Comment