नेपाल टेलिकमका महानिर्देशक बुद्धिप्रसाद आचार्यको दुर्इ वर्षो कार्यकाल सकिनै लागेको छ । उनले आफ्नो कार्यकालमा टेलिकममा धेरै सुधारका कामहरु गरेको बताउँछन् । नयाँ कार्यक्रम ल्याएर लोकप्रियता कमाउनुभन्दा रोकिएका पुराना कार्यक्रम सम्पन्न गर्ने उनको लक्ष्य रहृयो ।
दूरसञ्चार क्षेत्रमा दुर्इ वर्षे कार्यकाल छोटो भएको उनको तर्क छ । त्यही भएर उनी आफ्ना योजनाहरु पुरा गर्न कार्यकाल दोहोर्याउन खोजेका छन् । खुल्ला प्रतिस्पर्धाबाट हुने महानिर्देशक चयनको दौडमा उनी सहभागी हुँदैछन् । दुर्इ वर्षे कार्यकालमा भएका सुधार, सम्पन्न हुन नसकेका कामहरु लगायतका विषयमा आचार्यसँग अनलाइनखबरले गरेको कुराकानी :
नेपाल टेलिकममा तपाईको दुर्इ वर्षो कार्यकाल सकिन लागेको छ । तपाईको कार्यकालमा भएका मुख्य उपलब्धीहरु के के हुन् ?
तपाइलाई थाहै होला, नेपाल टेलिकमजस्तो दूरसञ्चार सेवा प्रदायक कम्पनीका लागि दुर्इ वर्षे अवधि प्रयाप्त होइन । नेपाल टेलिकमले सेवा विस्तार र भौतिक संरचना निर्माणमा जोड दिनुपर्छ । यो काम पक्कै पनि त्यति सजिलो छैन् । यसका लागि अलि समय चाहिन्छ ।
महानिर्देशक नियुक्त हुँदा मैले भनेको थिएँ, नयाँ योजना सुरु गर्नुभन्दा पुराना रोकिएका पुराना योजनाहरु सम्पन्न गर्ने मेरो प्राथमिकता हुनेछ । मेरै कार्यकालमा हामीले थ्रिजी सेवालाई द्रुत रुपमा विस्तार गर्यौं । सीडीएमए प्रविधिलाई ग्रामिण भेगसम्म पुर्याउने काम द्रुत गतिमा भयो । हामीले यही अवधीमै वाईम्याक्स इन्टरनेट सेवा पनि सुरु गर्यौं ।
अर्को उपलब्धी भनेको कन्भरजेन्ट विलिङ सिष्टम हो । कन्भरजेन्ट विलिङ सिष्टम लागू भएपछि हामीले विभिन्न डेटा प्याकहरु ल्याउन सक्यौं । त्यस्तै, टेलिकमको ल्यान्डलाइन सेवालाई टीडीएमबाट आइपी प्रविधिमा रुपान्तरण गर्ने काम पनि भइरहेको छ । यसले भ्वाइसको क्वालिटी बढाउने मात्र होइन, एडीएसएल सेवालाई अझ भरपर्दो र गुणस्तरीय बनाउने छ ।
नेपाल र चीनबीच अन्तरदेशीय अप्टिकल फाइभर बिच्छाउने काम भएको छ । यो अप्टिकल फाइवर सञ्चालनमा आएपछि नेपालको टेलिकम क्षेत्रमा ठूलो उपलब्धी हासिल हुने विश्वास छ ।
तपाईको कार्यकालमा संस्थागत सुधार र कम्पनीको मुनाफा आर्जनमा कस्तो उपलब्धी भयो ?
हामीले संस्थागत सुधारमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भयौं । मुलुक संघियतामा जाने भएपछि हाम्रो संस्थामा पनि विकेन्द्रीकरणको काम सुरु भएको छ । पहिला सबै कामहरु केन्द्रमा आएर थन्किन्थ्यो । अब स्थानिय तहमै अधिकार सम्प्न्न बिजनेश युनिटहरुले आफै निर्णय गर्न सक्नेछन् ।
म महानिर्देशक हुनुअघि नेपाल टेलिकमको बजार हिस्सा ४४ प्रतिशत थियो । म महानिर्देशक भइसकेपछि यो बढेर ४८ प्रतिशत पुगेको छ । विशेषगरी मोबाइल प्रयोगकर्ताको वृद्धिसँगै यो सम्भव भएको हो ।
संस्थामा धेरै कर्मचारीहरु भएका कारण हामीले कर्मचारी कटौती गर्यौं । पाँच सय भन्दा बढी कर्मचारीले स्वच्छिक अवकाश लिएका छन् ।
म महानिर्देशक हुनुअघि टेलिकमको आम्दानी १ अर्बले मात्र वृद्धि हुन्थ्यो । मैले नेतृत्व सम्हालेको पहिलो वर्षै संस्थाको आम्दानी ३ अर्बले बढ्यो । कम्पनीका सेयरहोल्डरलाई ५० प्रतिशत लाभांश दिन सकेका छौं । सरकारले मात्रै ७ अर्ब बराबरको लाभांस लगेको छ ।
नेपाल टेलिकमका प्रतिस्पर्धीहरु धेरै छन् । अहिले टेलिकमको मार्केट सेयर कस्तो छ ?
कभरेजको हिसावले हाम्रो सेवा देशको ८० प्रतिशत भु-भागमा विस्तार भइसकेको छ । बाँकी २० प्रतिशत भुभागमा पनि सेवा विस्तार गर्न लागिपरेका छौं । हाम्रो सेवा नपुगेको ठाउँमा भिस्याटमार्फ पनि सेवा विस्तार गर्न सकिन्छ कि भनेर हेरिरहेका छौं ।

तपाईले संस्थामा चाहेर पनि गर्न नसकेका कामहरु के-के छन् ?
हामी हाम्रो सेवालाई गाउँ गाउँसम्म पुर्याउन चाहान्छौं । तर, त्यसका लागि गर्नुपर्ने काम धेरै बाँकी छ । अर्को अप्टिकल फइवरको नेर्टवर्क विस्तार गर्न चाहान्छौं । त्यसमा पनि धेरै चुनौतीहरु छन् । टेलिकमसँग पैसाको कमी छैन । तर, विभिन्न नियम तथा कानुनको अधिनमा रहेर काम गर्नुपर्ने भएकाले नयाँ आयोजना सुरु गर्न त्यती सजिलो छैन् ।
हामीले केही नयाँ सेवाहरु ख्रिद गर्नु परेमा र्सार्वजनिक खरिद ऐन अनुसार अगाडि बढ्नुपर्छ । बोलपत्र आहृवान गरेर सबैभन्दा कम बिडिङ गर्नेलाई ठेक्का दिनुपर्छ । यो प्रकृया अपनाउँदा लामो समय लाग्छ ।
नेपाल टेलिकमको महानिर्देशकमा इञ्जिनियरहरु नियुक्ती हुने प्रचलन थियो ।तर, तपाई पहिलो पटक चार्टर्ड एकाउन्टेनबाट महानिर्देशक बन्नुभयो । यसको विरोध पनि भएको थियो । काम गर्ने क्रममा संस्थाका कर्मचारीबाट कत्तिको सहयोग पाउनुभयो ?
सुरुको केही हप्ता विरोध भएको थियो । पछि सबैले रियालाइज गर्नुभयो, यो खासै ठूलो कुरो होइन भनेर । त्यसपछि काम गर्न खासै ठूलो समस्या भएन ।
अन्तर्ष्ट्रिय रुपमा चर्चामा आएको नेपाल-चीन क्रस बोर्डर अप्टिकल फाइवरतर्फ लागौं । यो फाइवर लिंक कहिलेबाट सञ्चालनमा आउँछ ?
अहिलेसम्म हामीलाई इन्टरनेट ब्यान्डविथका लागि भारतसँग निर्भर हुनुपरेको थियो । भारतसँग ५ स्थानमा लिंक स्थापना गरेका थियौं । हामीले पहिलो पटक चीनसँग पनि अप्टिकल फाइवर लिंक विस्तार गरेका छौं ।
नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार हामीले तातोपानी र केरुङ नाका हुँदै चीनको अप्टिकल फाइवर सञ्जालसँग जोडिने योजना बनाएका हौंं । त्यो योजनाअनुसार तातोपानीसम्म अप्टिकल फाइवर विच्छाउने काम सकिएको छ । तर, तातोपनीबाट भने चीनसँगको सञ्जालमा जोडिएको छैन । भोटेकोशीमा हालै आएको बाढीका कारणले पनि समस्या आएको छ ।
रसुवाको केरुङ नाकाबाट भने भने अप्टिकल फाइबर विस्तार गर्ने काम भइसकेेको छ । र, छिट्टै नै यहाँबाट व्यवसायीक रुपमा सेवा सुरु हुने छ । अहिले यहाँ परीक्षणको काम भइरहेको छ ।
चीनसँग जोडिएको अप्टिकल फाइबरबाट हामीलाई के फाइदा हुन्छ ?
यसबाट मूख्यतया दुर्इवटा फाइदाहरु हुन्छन् । अहिलेसम्म हामीलाई इन्टरनेट ब्यान्डविथ खरिद गर्न भारतको विकल्प थिएन । त्यसकारण मूल्यमा प्रतिस्पर्धा गर्न सकेका थिएनौं । अब चीनबाट पनि ब्यान्डविथ खरिद गर्न सकिने हुँदा मूल्यमा प्रतिस्पर्धा हुनेछ । यसले व्यान्डविथको मूल्य घट्ने निश्चित छ । मूल्य घटेपछि टेलिकमले घटेको मूल्य बरबार इन्टरनेट शुल्क घटाउनेतर्फलाग्छ ।
दोस्रो फाइदा भनेको भारत र चीनबीच हुने अर्बौं भ्वाइस कलहरु यही अप्टिकल फाइबरमार्फ ‘मुभ’ गर्न सकिन्छ । त्यो पनि नेपाल टेलिकमलाई राम्रो आम्दानीको स्रोत हुनेछ ।
मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छाउने काम के भइरहेको छ ?
हामीले दूरसञ्चार प्राधिकरणस“ग लोकमार्गमा अप्टिकल फाइबर बिच्छाउने सम्झौता गरिसकेका छौं । यसका लागि हामीले ग्रामिण दुरसञ्चार विकास कोषबाट पैसा पाउने छौं । नेपाल टेलिकमले विस्तार गर्ने संरचनाहरु सबै टेलिकम सेवा प्रदायकहरुले पनि सञ्चालन गर्न पाउने गरी बनाउँदै छौं ।

नेपालमा धेरैजसो समान विदेशी मुद्रा तिरेर बाहिरबाट मगाउनुपर्छ । यसले व्यापार घाटा बढाउँछ । त्यसैले हामी टेलिकम कम्पनीहरुबीच पूर्वाधारमा डुप्लिकेसन चाहान्नौं । लोकमार्गमा अप्टिकल फाइबर बिच्छाउने काम भइरहेको छ ।
तपाई नियुक्त हुँदा टेलिकमले डेटा सेवामा फोकस हुनुपर्छ, डेटा प्याकहरु ल्याउन ढिलो भइसक्यो भन्नुभएको थियो । टेलिकमले ल्याएकोे डेटा प्याकमा ग्राहकको रेस्पोन्स कस्तो छ ?
ग्राहकबाट हामीले निकै राम्रो रेस्पोन्स पाइरहेका छौं । विशेषगरी ५० रुपैयाँ, २०० रुपैयाँका डेटा प्याकहरु निकै लोकप्रिय भएका छन् । थ्रीजी सेवा यति लोकप्रिय भयो कि अब निश्चित अवधिमा ब्यान्डविथ बढाउँदै लैजानुपर्ने स्थिती आएको छ ।
टेलिकमको आम्दानीमा भ्वाइस र डेटाको हिस्सा कति-कति प्रतिशत रहेको छ ?
हाम्रो सर्न्दर्भमा अझै पनि ८० प्रंतिशत आम्दानी भ्वाइस कलबाट हुन्छ । मलाई लाग्छ, यो टेलिकमको भ्वाइस कल सस्तो भएको कारण हो । आजकल मानिसहरु फोनकल गर्नुभन्दा टेक्समा ओभर द टप र्सर्भिस प्रयोग गर्न रुचाउँछन् । प्रतिव्यक्ति खर्चको हिसावले हेर्दा भने डेटाबाट बढी आम्दानी हुने गरेको छ ।
भाइवर, हृवाट्स एप, फेसबुक म्यासेञ्जरजस्ता ओभर द टप र्सर्भिसका बारेमा नेपाल टेलिकमको धारणा के हो ?
मलाई लाग्छ, ओभर द टप र्सर्भिसहरु हामीले चाहे पनि नचाहे पनि लोकप्रिय हु“दैछन् । ओभर द टप र्सर्भिसेजहरुले अन्ततः टेलिकम कम्पनीहरुलाई नै फाइदा पुग्ने देख्छु । किनभने, यस्ता सेवाहरु चलाउन पनि इन्टरनेट चाहिन्छ, इन्टरनेट टेलिकम कम्पनीहरुले प्रदान गर्छन् ।
हाम्रो रणनीति नेपालमै ओभर द टप र्सर्भिसेजहरु सुरु गर्ने वातावरण मिलाउने हुनुपर्छ । नेपाल टेलिकमको रणनीति पनि यही हो । यसले ब्यान्डविथ पनि बचाउँछ र सेवालाई पनि गुणस्तरीय बनाउँछ ।
सरकारले भर्खरै फोरजी सेवा सञ्चालनका लागि नयाँ नीति ल्याएको छ । नेपाल टेलिकमले कहिलेबाट फोरजी सेवा सुरु गर्छ ?
हो, सरकारले हालै फोरजी सेवा सञ्चालन गर्ने गरी नीति संसोधन गरेको छ । म दाबीका साथ भन्छु, नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स दिएको दुर्इ महिनाभित्र हामी फोरजी सुरु गर्न सक्छौं ।
हामीसँग अहिले फोरजी सेवाका लागि कुनै पनि इक्वीपमेन्ट छैन । फोरजी सेवाका लागि नयाँ इक्वीपमेन्टहरु जडान गर्नुपर्छ । हाम्रो सर्न्दर्भका फोरजीका इक्वीपमेन्ट खरीद गर्न ग्लोबल टेन्डरमा जानुपर्छ । र, यो प्रकृया त्यति चाँडै सम्पन्न गर्न सजिलो छैन् । त्यही पनि हामीले दिनरात नभनी काम गरेर भएपनि दुर्इ महिनाभित्र फोरजी सेवा सञ्चालन गर्न सक्छौं भनेको हुँ ।
फोरजी सेवा सुरु भएपछि इन्टरनेटको गति पनि फाष्ट हुन्छ । भिडियो स्टि्रमिङ, भिडियो कल सजिलै गर्न सकिन्छ । र, मोबाइल फोनको हटस्पट प्रयोग गरेर वाईफाई पनि चलाउन सकिन्छ ।
अन्तरार्ष्ट्रिय दूरसञ्चार संगठनले २०२० मा पाँचौं पुस्ताको दूरसञ्चार सेवा अर्थात फाइभ जी उपलब्ध हुने बताइसकेको छ । नेपाल टेलिकम पनि २०२० मै फाइभ जी सेवा सुरु गर्न तयार हुनुपर्छ ।
फोरजी सेवाको शुल्क कति पर्ला ?
यस विषयमा अहिले नै यसै भन्न सकिदैन । हामी धेरै नाफाको पछि लाग्दैनौं । सकेसम्म कम मूल्यमै फोरजी सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य छ ।
एडीएसएल लोकप्रिय सेवामध्येको एक हो । तर, यसको गुणस्तरका बारेमा धेरै कुरा उठ्छन् । यसको गुणस्तर सुधारका लागि के योजना छन् ?
एडिएसएल सेवालाई बोर्डब्यान्ड इन्टरनेटको रुपमा विकास गर्ने हाम्रो योजना छ । तपाइलाई थाहै होला, नेपाल टेलिकमको ल्यान्डलाइनको नेर्टवर्क धेरै पुरानो भइसकेको छ । तारहरु पनि धेरै पुराना भइसकेका छन् । अब नयाँ तारहरु जडान गर्नुपर्ने स्थिती आएको छ ।
हाम्रो टेलिफोन एक्स्चेञ्ज र ग्राहकको दुरी अधिक रहेको र कपर वायरबाट ब्यान्डविथ चुहिने पाएका छौं । त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि हामीले आइपी प्रविधि भित्राउने सम्पूर्ण तयारी पुरा गरिसकेका छौं । पुरानो तारहरु नयाँ तारले विस्थापित गर्ने छौं । र, ठाउँ-ठाउँमा नयाँ एक्स्चेञ्ज खडा गरेर ग्राहक र एक्स्चेञ्जबीचको दुरी घटाउने छौं ।
यो योजना देशभरी नै पुरा गर्न करीव ३ वर्षलाग्ने छ । तर, काठमाडौंमा भने चाँडै नै सुधारको महशुस गर्नुहुने छ ।
तपाइले वाइम्याक्स सेवा सुरु गरिसकेपछि एडीएसएल सेवाको गुणस्तर खस्किएको ग्राहकहरुको आरोप छ । तपाइहरुले घुमाउरो पारामा एडीएसएलका ग्राहकलाई वाइम्याक्स सेवा चलाउ भन्न खोज्नुभएको त होइन् ?
त्यस्तै पक्कै पनि होइन । हामी आफ्नै सेवाहरुबीचमा प्रतिस्पर्धा गराउन चाहँदैनौं । एडीएसएल सेवामा धेरै लगानी गरेका छौं । यो सेवालाई विस्थापित गर्ने कुनै योजना छैन । बरु यसमा नयाँ सुविधाहरु थप्ने योजना बनाइरहेका छौं । यसबाट आइपी टिभी हेर्न मिल्ने लगायतका सुविधाहरु थप्दै जान्छौं ।
फाइबर टु दि होम (एफटीटीएच) सेवामा कस्तो रेस्पोन्स आएको छ । यसको विस्तार के भइरहेको छ ?
यो सेवा हामीले कर्पोरेट ग्राहकका लागि ल्याएका थियौं । यो सेवा अलिक महंगो छ । तर, धेरै सुविधा सम्पन्न र गुणस्तरीय छ । पछिल्लो समय व्यक्तिगत प्रयोजनका लागि पनि मानिसहरुले कनेक्सन लिन थालेका छन् । त्यसकारणले गर्दा यो सेवा लोकप्रिय नै छ भन्नुपर्यो । निकट भविष्यमै यो सेवालाई देशका मुख्य शहरहरुमा विस्तार गर्दै छौं ।
तपाई महानिर्देशक भइसकेपछि टेलिकमले मीट भन्ने सोसल र्सर्भिसलाई अगाडि सार्यो । यो खासै लोकप्रिय पनि भएन । धेरै आलोचना पनि खानुपर्यो । खासमा भएको के हो ?
मैले अघि नै भनिसकेँ, म महानिर्देशकमा नियुक्त हुँदा पुराना योजनाहरु सम्पन्न गर्ने मेरो लक्ष्य थियो । त्यही भएर २०१२ सुरु भएको मीट प्रोजेक्ट सक्नु मेरो प्राथमिकतमा थियो । अहिले मीट नेपाल टेलिकमका कर्मचारीको आन्तरिक सोसल नेर्टवर्कका रुपमा प्रयोग भइरहेको छ ।
मीटको प्रयोग विशेष कार्यक्रम र चार्डपर्वमा हृवात्तै बढेर जान्छ । उदाहरणका लागि नेपाली कांग्रेसको महाधिवेसनका बेला बल्क एसएमएस पठाउन धेरै प्रयोग भयो । अब चार्डपर्वको बेलामा पनि मानिसले धेरै प्रयोग गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।अनलाइनखबरबाट

Post a Comment