Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयनमा सहमति माग


काठमाडौँ, असार १९ गते । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकको शून्य समयमा सांसदले संविधान जारी भएको नौ महिना बितिसक्दा पनि यसको कार्यान्वयनमा ध्यान नदिइएको भनी चिन्ता व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयनमा दलबीचमा राष्ट्रिय सहमति कायम गर्न तथा सरकार बनाउने र गिराउने खेलमा नलाग्न आग्रह गर्दै उहाँहरुले देशका विभिन्न भागमा परेको अविरल वर्षात्का कारण उत्पन्न बाढीपहिरो पीडितको उद्धार र राहत वितरण गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा सांसद तेजुलाल चौधरी, प्रकाशचन्द्र पौडेल, दीर्घराज मगर, दिलशोभा पुन, निशाकुमारी साह, पार्वती डिसी चौधरी, प्यारेलाल राना र प्रेम सुवाल हुनुहुन्थ्यो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget