Websoft University

www.radiomakalu.com || 021-522512


सरकार परिवर्तनको खेल स्वचालित रुपमा नभई ब्याट्रीबाट: प्रधानमन्त्री ओली (भिडियोसहित)



प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीले सरकारबाट बाहिरिएर नेपाली काँग्रेससँग मिलि नयाँ सरकार गठनको कसरत गर्नुका पछाडि छिमेकी मुलुक भारतको हात रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले बिहिबार सार्वजनिक रुपमा नै भारतको मुख्य संलग्नतामा नयाँ सरकार गठनको गृहकार्य अगाडि बढेको बताएका हुन्। रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले बिहिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, मन्त्रीहरू र उच्चपदस्थ सुरक्षा अधिकृतहरुकासामू सरकार परिवर्तनका लागि दलहरुका बैठक स्वचालित रुपमा नभइ ब्याट्रिबाट चलिरहेको र त्यो मुलुकका लागि निकै दुःखद भएको बताए।

उनले कुनै एउटा पार्टी सरकारबाट बाहिरिँदा अरूले उफ्रिएर खुशी भइ भोज खानुलाई सामान्य रूपमा लिन नहुने बताए।

प्रधानमन्त्री ओलीले आफूले नाकाबन्दीका बेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम भारतले काँग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार परिवर्तन गर्न खोजेको आरोप लगाए। उनले सरकार परिवर्तनको योजना मुताबिक माओवादी सरकारबाट वाहिरिएपछि भारतीय राजदूत रञ्जित रेले भोज गरेको बताए।

उनले नाकाबन्दीका बेला चर्को अभाव झेलेर पनि देशभक्ति देखाउनुले नेपालीहरू अन्याय सहँदैनन् भन्ने पुष्टि भएको भन्दै अस्थिर खेलकुद् गरेर नेपालको स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्न भारतलाई चेतावनी समेत दिए।

यसअघि सार्वजनिक कार्यक्रमहरुमा उखान टुक्का प्रयोग गरेर हँसाउने गरेका प्रधानमन्त्री ओली ३५ मिनेट लामो मन्तव्यका क्रममा भावुक रूपमा प्रस्तुत भएका थिए।

भिडियो

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget