Websoft University

www.radiomakalu.com || 021-522512


उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको तयारी पूरा

 

भक्तपुर, साउन ५ गते  । दुई दिने उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल तेक्वान्दो सङ्घ भक्तपुरको आयोजनामा यही साउन ७ र ८ गते सञ्चालन हुने प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकारसम्मेलनमा प्रतियोगितामा महिला र पुरुषको सिनियर र जुनियर गरी कुल २१ स्वर्णका लागि स्पर्धा हुने प्रतियोगिता संयोजक बालकृष्ण साँदले जानकारी दिनुभयो ।

पुरुष जुनियरतर्फ २० केजी मुनि, २०–२३ केजी, २३–२७ केजी, २७–३० केजी, ३०–३३ केजी, ३३–३६ केजी, ३६–३९ केजी र ४२–४५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, पुरुष सिनियरतर्फ ४५–५० केजी, ५०–५४ केजी र ५४–५८ केजी तौल समूहमा प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो ।

महिला जुनियरतर्फ २४–२७ केजी, २७–३० केजी, ३०–३३ केजी, ३३–३६ केजी, ३६–३९ केजी, ३९–४२ केजी र ४२–४६ केजी गरी सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने सिनियरतर्फ ४६–४९ केजी, ४९–५२ केजी र ५२–५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पहिलो पटक तेक्वान्डोको पुम्से स्पर्धा समेत समावेश गरिएको आयोजक नेपाल तेक्वान्दो सङ्घ भक्तपुरका अध्यक्ष गणेश ह्याउँमिखाःले जानकारी दिनुभयो ।

प्रतियोगितामा भक्तपुर, ललितपुर, काठमाडौँ र काभ्रेका गरी २५ विद्यालय तथा डोजाङका करिब तीनसय खेलाडीको सहभागिता रहने छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget