Websoft University

www.radiomakalu.com || 021-522512


एमालेमा प्रदेश इञ्चार्जबारे गृहकार्य


काठमाडौँ, असार २० गते । नेकपा (एमाले)ले सङ्घीय संरचनाअनुसारको प्रदेश सङ्गठन कमिटी यसअघि नै गठन गर्ने निर्णय गरे पनि त्यसको इञ्चार्जको टुङ्गो लगाउन सकेको छैन । इञ्चार्जको टुङ्गो बजेट पारित भएलगत्तै लगाउने तयारी भइरहेको सो पार्टीले जनाएको छ ।
यसअघि बसेको स्थायी कमिटीको बैठकले त्यसको गृहकार्य गर्न सचिवालयलाई जिम्मेवारी दिएको थियो । महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सङ्गठन कमिटीको इञ्चार्जबारे गृहकार्य भइरहेको भए पनि ठोस प्रस्ताव तयार हुन नसकेको केन्द्रीय सदस्य तथा पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
प्रदेश इञ्चार्ज तोक्ने विषयमा प्रमुख दुई नेताबीच सहमति हुन नसकेकाले ढिलो भएको बताइएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल कार्यक्रममा भाग लिन भियतनाम जानुभएकाले स्थायी कमिटीको बैठक बस्न सकेको छैन । उहाँ असार २२ गतेमात्र फर्किने नेता श्रेष्ठले जानकारी दिनुभयो ।
“बजेट पारित भएपछि मात्र प्रदेश सङ्गठन कमिटीको इञ्चार्ज तोक्ने कुरा भएको छ, त्यसको तयारीस्वरूप सचिवालयले गृहकार्य गरिरहेको छ,” उहाँले भन्नुभयो । व्यवस्थापिका संसद्मा बजेटमाथि छलफल जारी रहे पनि सरकारको तयारीअनुसार २३ गतेसम्म बजेट पारित गर्ने संविधानसभा सचिवालयले तयारी गरेको छ ।
एमालेले सातवटा प्रदेशमा सङ्गठन कमिटी गठन गरिसकेको छ । कमिटीमा रहने सदस्यको मापदण्ड बनाइसकेको भए पनि इञ्चार्ज तोक्ने विषयमा अझै आन्तरिक विवाद कायमै छ । सम्भवतः असार २४ गते बस्ने स्थायी कमिटीको बैठकमा सचिवालयले इञ्चार्जको नामसहितको प्रस्ताव पेस गर्ने केन्द्रीय सदस्य श्रेष्ठले बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget