Websoft University

www.radiomakalu.com || 021-522512


कार्कीको सुनुवाइ आज


sushila karki
काठमाडौँ, असार २६ गते । नेपालको प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको संसदीय सुनुवाइ आइतबार हुने भएको छ ।
संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीका लागि आइतबारको समय निर्धारण गरेको छ । कार्कीविरुद्ध परेको उजुरीमाथि बिहान छलफल सम्पन्न भएपछि समितिले कार्कीलाई कार्यकक्षमा बोलाएर सुनुवाइ गर्ने समितिको सचिवालयले जनाएको छ ।
कार्कीविरुद्ध समितिमा छवटा उजुरी परेको छ । कार्की सम्मिलित इजलासले गरेको दुईवटा फैसला विवादास्पद रहेको भन्दै समितिमा उजुरी परेको छ । विधिविज्ञान प्रयोगशालाले डीएनए परीक्षणबाट नातासम्बन्ध कायम रहेको जनाए पनि कार्की सम्मिलित इजलासले डीएनए परीक्षणलाई प्रमाणका रूपमा लिन अस्वीकार गरी विवादास्पद फैसला गरेको उजुरीमा उल्लेख छ ।
यसैगरी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको मिलेमतोमा न्याय परिषद्ले गरेको सर्वाेच्च अदालतका न्यायाधीश सिफारिसविरुद्ध परेको रिट निवेदन सर्वाेच्चको एउटै न्यायाधीशको इजलासमा तोकेको र त्यसले न्यायालयको गरिमामा आँच आएको आरोप लगाउँदै कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्न एक अर्काे उजुरीमा माग गरिएको छ ।
कार्कीविरुद्ध परेका उजुरीहरूका विषयमा समितिले आइतबार बिहान सम्बन्धित उजुरीकर्तालाई बोलाएर छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बोलाएर संसदीय सुनुवाइ गर्ने र अनुमोदनका विषयमा निर्णय गर्ने सचिवालयले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget