काठमाडौं,असार २७ गते । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबार कार्यभार सम्हालेकि छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबारै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गरेपछि सर्वोच्च अदालत आएर कार्कीले आफ्नो कार्यभार सम्हालेकी हुन् ।
कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी छन् ।
कार्कीलाई प्रधान्यायाधीशमा नियुक्त गर्न संवैधानिक परिषदले गत चैत २८ गते गरेको सिफारिस संसदीय सुनुवाइ विशेष समितिले आइतबार सर्वसम्मतीले अनुमोदन गरेको थियो ।- अनलाइनखबरबाट
Post a Comment