Websoft University

www.radiomakalu.com || 021-522512


डिम्याट खाता नहुनेले अब सेयर किन्नै नपाउने

cds

काठमाडौं, असार २६ गते । डिम्याट (विद्युतीय) खाता नहुनेले अब सेयर किन्न नपाउने भएका छन् । कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने व्यवस्था गरेको छ ।

बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन फारम अस्वीकृत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन पनि दिइसकेको छ । मर्चेट बैंकररले सेयर निष्काशन तथा बिक्री प्रवन्धकको काम गर्छन् ।

साउन महिनामै ३ लघुवित्त सवा ८ लाख कित्ता साधारण नभने यर नस्किँदै छ । धितोपत्र बेार्डबाट स्वीकृत पाएको दुई महिनाभित्र सेयर निष्काशन गरिसक्नुपर्ने हुन्छ ।

कसरी खोल्ने डिम्याट खाता ?

निक्षेप सदस्य (डिपोजिटरी पार्टीसिपेन्ट अर्थात डीपी) कहाँ गएर डिम्याट खाता खोल्नुपर्ने हुन्छ । सेयर ब्रोकर, बैंक तथा वित्तीय संस्था र धितोपत्र बोर्डले तोकेका अन्य संस्थाले डीपीको सेवा दिन सक्छन् ।

लगानीकर्ताले खाता खोल्नका लागि फारामसहित नागरिकता लगायत अन्य आवश्यक कागजातहरु डीपीमा पेश गर्नुपर्छ । त्यसपछि डीपीले लगानीकर्ताको खाता खोली उस्को हस्ताक्षरको अभिलेख राख्छ जुन सीडीएससीमा रेकर्ड हुन्छ ।

सीडीएससीले सो डिम्याट खाता सदर गरी त्यसको जानकारी डीपीलाई पठाउँछ अनि डीपीले खाता सदर भएको पत्र लगानीकर्तालाई दिन्छ । यसरी खोलिएको खाताको सम्पूर्ण विवरण केन्द्रिय निक्षेप प्रणालीमा सुरक्षित हुन्छ । निक्षेप खाता खोल्न १० दिनजति लाग्नसक्छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget