Websoft University

www.radiomakalu.com || 021-522512


प्रिभ्यूः अनुभवी पोर्गुगल भर्सेस अण्डरडग वेल्स

Ronaldo-Vs-bale
काठमाडौं, असार २२ गते  । युरोकप २०१६ को पहिलो सेमिफाइनलमा पोर्चुगललाई पराजित गर्न सके वेल्स पहिलो पटक ठूला प्रतियोगिताको फाइनलमा पुग्नेछ ।
क्वार्टरफाइनलमा बेल्जियमबिरुद्ध अप्रत्यासित नतिजा निकाल्दै वेल्सले पहिलो सहभागितामै सेमिफाइनलको यात्रा तय गरेको छ । पोर्चुगललाई हराउँदै फाइनलमा पुगेमा वेल्सले सन् १९९२ मा स्वीडेनले बनाएको कीर्तिमान बराबर गर्नेछ ।
रियल मड्रिडका सुपरस्टार ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डो छुट्टा-छुट्टै डे्रसिङरुममा प्रवेश गर्नेछन् र एक अर्काबिरुद्ध मैदानमा उत्रनेछन् ।
यो निक्कै आकर्षक क्षण हुनेछ । यद्यपि वेल्सका प्रशिक्षक क्रिस कोलम्यानले भने ‘टिम स्पिरिट’ मा ध्यान केन्द्रित गर्ने बताएका छन् ।
जारी प्रतियोगिताको नकआउट चरणमा पोर्चुगलले अहिलेसम्म नियमित ९० मिनेटको समयमा जित निकाल्न सकेको छैन । तर, वेल्सले भने उत्तरी आयरल्याण्ड र बेल्जियमलाई ९० मिनेटभित्रै जित हासिल गरेको थियो । रसिया र स्लोभाकियाबिरुद्ध जित हासिल गर्ने क्रममा पनि वेल्सले ९० मिनेटभित्रै जित निकालेको थियो ।
प्रशिक्षक क्रिस कोलम्यान अर्को सफलताको लागि तयार छन् । ‘मलाई थाहा छ कि पोर्चुगल उपाधिको दावेदार हो’ कोलम्यानले भने, ‘उनीहरुसँग ठूला प्रतियोगिता जस्तै विश्वकपको पनि अनुभव छ र हामी एक अण्डरडग हौं । तर, हामीलाई कुनै समस्या छैन ।’
वेल्स डेब्यु प्रतियोगितामा फाइनलमा पुग्दै इतिहास दोहोर्‍याउन चाहन्छ । यसअघि सन् १९९२ को प्रतियोगितामा डेब्युटियन टाली स्वीडेनले सेमिफाइनलमा जर्मनीलाई ५-० ले हराउँदै फाइनलमा पुगेको थियो ।
तर, आजको खेलमा के हुने हो भन्न सकिँदैन ।
आजको खेलमा वेल्सले टोटनहृयामका डिफेण्डर बेन डेभिस र आर्सनलका मिडफिल्डर अरोन राम्सेलाई गुमाउनेछन् । यी दुईले बेल्जियमबिरुद्ध खेलमा पहेँलो कार्ड पाएका थिए र प्रतियोगितामा दुई पहेँलो कार्डका कारण एक खेलको प्रतिबन्धमा छन् । उनीहरुको स्थानमा जेम्स कोलिन्स र एण्डी किङले वेल्सबाट खेल्नेछन् ।
यता दुई पहेँलोपछि एक खेलको प्रतिबन्धमा पोर्चुगलका विलियम कार्वाल्हो पनि छन् ।
के भन्छन् प्रशिक्षक ?
क्रिस कोलम्यान, वेल्स
ठूला प्रतियोगिताको क्पाटरफाइनल तथा सेमिफाइनलमा ठूला भनिएका टोलीहरुमात्र पुग्छन् । तर हामी त्यस्तो होइनौं । हामीले हाम्रो लागि खेलेका छौं र राम्रो खेलिरहेका छौं । अन्य टोलीहरु जो यसअघिपनि प्रतियोगितामा यो चरणसम्म आइसकेका थिए, उनीहरुलाई दवावपनि उत्तिकै छ । मलाई वास्तवमै अन्य टोलीहरुको अवस्थाबारे कुनै चासो छैन, इंग्ल्याण्ड, स्पेन, इटली जोसुकै होस् ।
इो प्रतियोगितामा सिर्फ वेल्समात्र यस्तो टोली हो जसका लागि हरेक अघिल्लो खेल सबैभन्दा ठूलो र कठिन हुन्छ । हामीलाई थाहा छ पोर्चुगल दावेदार हो । उसले विश्वकप खेलेको अनुभव संगालेको छ र हामीपनि अण्डरडग हौं र अहिले राम्रो खेलिरहेका छौं ।
फर्नाण्डो सान्तोष, पोर्चुगल
निश्चय नै वेल्स र आइसल्याण्डलाई धेरैले मनपराएका छन् । किनकि उनीहरुले प्रतियोगितामा यहाँसम्मको यात्रा तय गरेका छन्, जुन सायद कसैले सोचेका थिएनन् । म अपेक्षा गर्छु कि हाम्रो टोलीले वेल्सलाई मात्र हराउने छैन प्रतियोगिता नै जित्नेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget