Websoft University

www.radiomakalu.com || 021-522512


थानकोट–चन्द्रागिरी केबुलकार निर्माण अन्तिम चरणमा

काठमाडौँ, असार २६ गते । वार्षिक पाँच लाख पर्यटकलाई केबुलकारबाट चन्द्रागिरीको चुचुरोमा लैजाने उद्देश्य साथ सुरु भएको थानकोट–चन्द्रागिरी केबुलकारको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणको प्रमुख कामहरू सकिएर हाल फिनिसिङको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
तीन अर्ब २५ करोड रुपियाँ लगानीमा निर्माण गरिएको यो केबुलकार अब छिटै सर्वसाधारणका लागि खुला गरिने चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केबुलकारको बटम स्टेशन थानकोटबाट साढे दुई किलोमिटरको दूरीमा ११ वटा टावर राखिएका छन् भने सो दूरी पार गर्न १० मिनेट मात्र समय लाग्नेछ ।
केबुलकारले प्रत्येक घण्टा एक हजार यात्रु बोक्ने छ । ३८ वटा ग्वान्डला (डब्बा) छन् भने प्रत्येक डब्बामा आठ जनासम्म चढ्न सकिने छ । सामान ढुवानीका लागि थप डब्बाहरूको पनि व्यवस्था गरिएको छ ।
केबुलकारको निर्माणसँगै चन्द्रागिरीलाई पर्यटकीय स्थलका रूपमा अझ विकास गर्ने परियोजनाहरू पनि सँगसँगै सञ्चालन भएका छन् । चन्द्रागिरीमा पुगिसकेपछि सुविधा सम्पन्न रिसोर्ट, होटलहरू, भालेश्वर महादेवको मन्दिरको पुनःनिर्माणलगायतका काम भएका छन् भने केबुलकारको बटम स्टेशन थानकोटमा फनपार्कहरू पनि निर्माण गरिँदै छन् ।
झण्डै दुई वर्षअघि निर्माण थालिएको केबुलकारका लागि थानकोटमा कम्पनीको एक सय रोपनी जग्गामा विभिन्न संरचना निर्माण गरिएका छन् भने चन्द्रागिरीमा ७२० रोपनी जमिन सरकारसँग भाडामा लिइएको छ ।
अध्यक्ष ढकालले केबुलकारमा यात्रुको सुरक्षाका लागि टावर र डब्बाको निगरानी कम्प्युटरबाट गरिने र यात्रुको सुरक्षा नै आफूहरूको पहिलो प्राथमिकतामा रहने बताउनुभयो । चन्द्रागिरी चुचुरोबाट काठमाडौँ उपत्यका, तराई र हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने छ । प्रत्येक यात्रुको करिब सात सय रुपियाँसम्म पर्न सक्ने प्रारम्भिक अनुमान छ । कम्पनीले करिब पाँच सय जनालाई रोजगारी दिने पनि बताएको छ ।
चन्द्रागिरीले धार्मिकलगायत विभिन्न पर्यटकहरू पनि समेट्ने बताइएको छ । अध्यक्ष ढकाल भन्नुहुन्छ– ‘‘काठमाडौँ साँघुरिएको छ, ४०/५० लाख मान्छे बस्छन्, यसो बिदाको बेलामा कहीँ कतै घुम्न जाने स्थानको अभाव छ, स्वच्छ र रमाइलो वातावरण भएका ठाउँहरूको अभाव छ, त्यसैले सबै उमेर समूहका लागि यो ठाउँ उपयुक्त छ, निर्विकल्प ठाउँ हुनेछ’ ।
उहाँका अनुसार चन्द्रागिरी ऐतिहासिक ठाउँ भएकाले पनि एक पटक जो कोही पनि पुग्न चाहान्छन् । बालबालिकाका लागि फनपार्कदेखि होटल, रिसोर्ट, रेष्टुरेण्ट, पार्कलगायतका संरचनाहरूको पनि निर्माण भएका छन् । चन्द्रागीरी समुद्र सतहबाट दुई हजार ५४० मिटर उचाइमा छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget