Websoft University

www.radiomakalu.com || 021-522512


कडा आन्दोलन गर्ने नर्सको तयारी, गठन भयो २१ सदस्यीय संघर्ष समिति(२० बुँदे मागसहित)

nurse2

काठमाडौं– नेपाल नर्सिङ संघले राख्दै आएको २० सूत्रीय माग पूरा गराउन एक संघर्ष समिति गठन गरेको छ । बुधवार उपत्यकामा कार्यरत नर्सहरुको एक भेला २१ सदस्य संघर्स समिति गठन गरेको हो ।

आफ्ना माग स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला निकाय समक्ष प्रस्तुत गरेको लामो समय भइसक्दा पनि पूरा नभएकाले कडा आन्दोलनका लागि समिति गठन गरेको नर्सिङ संघकी उपाध्यक्ष गंगा थापाले बताइन् । उनले भनिन्, ‘हाम्रा मागहरु पूरा हुने प्रक्रियामा होलान् भन्ने आशा बाँकी छ तर अब पनि पूरा गरिएन भने सहेर बस्न सकिदैन ।’

भेलाले साउन महिना भरि स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायसँग वार्ता र छलफल गर्ने निष्कर्ष निकालेको छ । यही अवधिमा सम्पूर्ण जिल्लामा आफूले गर्नुपर्ने हदैसम्मको आन्दोलनका लागि नर्सहरुलाई तयार पार्ने संघकी अध्यक्ष तारा पोखरेलले बताइन् । उनले भनिन्, ‘साउन अन्तिमसम्म माग पूरा नभए आन्दोलन सुरु हुनेछ ।’

नर्सिङ संघका माग पूरा गर्न स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सेनेन्द्रराज उप्रेतिको नेतृत्वमा मन्त्रालयले एक समिति गठन गरेको छ तर समतिले काम भने गरेको छैन ।

मागहरुः

१. अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्ने ।
२. जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनको लागि नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपात सवै अस्पतालहरुमा यथाशिघ्र लागु गर्नुपर्ने ।
३.विभिन्न निजी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुलाई नेपाल सरकारले उपलब्ध गराइरहेको न्युनतम तलव भत्ता तहगत हिसाववाट दिनु पर्ने ।
४. भोलेन्टिएर को नाममा भइरहेको श्रम शोषण बन्द गरिनु पर्ने ।
५. योग्यता पुगेका अ.न.मि लाई स्टाफ नर्स, स्टाफ नर्सहरुलाई माष्टर नर्सिङ र माष्टर नर्सिङ लाई पि.एच.डि सम्मको तलवी अध्ययन विदा दिइनु पर्ने ।
६. माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार एमडी\एमएसमा जस्तैः (एमएन\एमएसजी नर्सिङ पढ्ने नर्सहरुलाई नि:शुल्क अध्ययनको मौका दिइनु पर्ने ।
७. लोक सेवा आयोगले लिने परिक्षामा जुन तहको परिक्षा हो त्यसलाई ध्यान राखेर प्रश्न पत्र निर्माण गरिनु पर्ने र त्यही तहकोलाई प्राथमिकता दिइनु पर्ने ।
८. मन्त्रालय अन्तर्गत महाशाखा प्रमुखहरु र स्वास्थ्य सेवा विभागका प्रमुखहरुमा कम्तिमा ३३∞ सिट नर्सहरुको लागि सुरक्षित गरिनु पर्ने ।
९. टिकापुर अस्पताल कैलालीमा कार्यरत ४ जना अ.न.मि.हरुलाई ८ वर्ष सम्म न्युन पारिश्रमिकमा काम लगाई नेपाल सरकारले दिने तलव भत्ता माग गर्दा निस्कासन गरिएकोमा नर्सिङ संघ आपत्ति प्रकट गर्दछ साथै उनीहरुलाई नेपाल सरकारको अ.न.मि.को तलव भत्ता ( निष्कासन गरेको समयको समेत) उपलब्ध गराई ससम्मान पुनर्वहाली गरिनु पर्ने ।
१०. हेल्थ रिसर्च काउन्सिलमा नर्सहरुको सिट सुरक्षित हुनु पर्ने ।
११. जनतालाई स्तरीय नर्सिङ सेवा दिन स्कुल,कलेज,उद्योगधन्दा आदिमा नर्सिङ दरवन्दी को लागि पहल गरिनु पर्ने ।
१२. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको व्यवस्था गरिनु पर्ने
१३. तालिम गोष्ठी आदिमा दुर्गममा कार्यरत नर्सहरुलाई प्राथमिकतामा राखिनु पर्ने ।
१४. क्षेत्रिय स्वास्थ्य निर्देशनालयमा पनि उच्च शिक्षा र अनुभव भएका नर्सहरुलाई निर्देशक बनाइनु पर्ने ।
१५. Inservice education (सेवामा रहदा पढ्न पाउन)लाई रेगुलर रुपमा लागु गर्नु पर्ने ।
१६. नेपाल सरकारले दिइरहेको गरेको आइओएमको उच्च अध्ययन कोटा( नर्सिङ को) बढाउ“दै लानुपर्ने ।
१७. राजदुत लगायत संवैधानिक अंगहरुमा नर्सहरुको प्रतिनिधित्व हुनु पर्ने ।
१८.विभिन्न प्रलोभन देखाई चाइना, बेंङलोर र मैङलौरका कमसल कलेजहरुमा नर्सिङ लगायत अन्य स्वास्थ्य शिक्षा पढ्न पठाउने शैक्षिक माफियाहरुलाई तुरुन्त कारवाही गरिनु पर्ने ।
१९. प्राइमरी हेल्थ केयर सेन्टर लगायत हेल्थ पोष्टहरुमा वरिष्ठताका आधारमा नर्सलाई पनि इन्चार्जशिप दिइनु पर्ने ।
२०. हाम्रा नर्सहरु प्राध्यापक, सचिव र विशिष्ट श्रेणीमा पुगेर अवकाश पाएका पनि छन् अरु प्रोफेशनका जनशक्ति अवकाश पश्चात पनि नेपाल सरकारका विभिन्न आयोग, समिति आदिमा समेटिएका छन् भने नर्सिङ पेशाकर्मिहरुलाई पनि सो अवसर प्रदान गरिनु पर्ने ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget