Websoft University

www.radiomakalu.com || 021-522512


पसिनाको फाइदा-बेफाइदाबारे थाहा पाउनुहोस्



काठमाडौं, असार २६ गते । धेरै मानिसलाई पसिना आएको मन नपर्न सक्छ । पसिनाबाट उत्पन्न हुने दुर्गन्ध, मानिसलाई असैह्य हुन्छ । कतिजनाको लागि यो समस्या पिडादायक हुन्छ । तर तपाईलाई थाहा छ ? पसिना आउनु हाम्रो स्वास्थ्यका लागि कति लाभदायक छ ?


न्युयोर्कस्थित रेडियन्ट स्किन डर्माटोलोजी तथा लेजनका छाला रोग विशेषज्ञ डा.एडिबोला डेले-माइकेलका अनुसार हाम्रो शरीरले फाल्ने पसिनाले धेरै गर्मी हुनबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । त्यसैगरी पसिनाले शरीरको रगत सञ्चारलाई चुस्त र स्फुर्त राख्दछ ।

शरीरमा पसिना आउनुको भनेको हाम्रो शरीरले आफूलाई चिसो राख्न आवश्यक भूमिका निर्वाह गरेको छ भन्नु हो । पसिनाको थोपामा पानीको मात्रा बढी हुन्छ । त्यसैगरी यसमा सोडियम र क्लोराइडको मात्रा बढी हुनुका साथै केही मात्रामा पोटासियम पनि पाइन्छ । त्यसैले शारीरिक स्वस्थ्यताका लागि पनि पसिना आउनुु आवश्यक छ ।

इन्डोर्फिन्स बढाउँछ (राम्रो महसुस गर्ने तत्व निर्माण गर्छ)

विशेष गरी जीम गर्दा होस् वा अन्य कुनै व्यायाय । घाममा हिँड्दा होस् वा अन्य कुनै गह्रौं काम गर्दा यसले हाम्रो शरीरमा पसिना निकाल्नुका साथै ‘राम्रो महसुस’ गर्ने इन्डोर्फिन्स नामक हर्मोनको वृद्धि गराउँछ । जुन शारीरिक कसरतको समयमा आफै निस्कने गर्छ ।

बायोलोजी लेटर्स नामक एक जर्नलले सन् २००९ मा गरेको अध्ययन अनुसार समूहमा गरेको यस प्रकारको कसरतले हाम्रो शरीरमा इन्डोर्फिन नामक हर्मोनको विकास गर्नुका साथै शरीरमा हुने विभिन्न खाले दुखाई कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैगरी समूहमा रहेर जुम्बा, साल्सा लगायतका व्यायामले तपाईको मुहारमा हासोे, खुशी ल्याउँदछ ।

शरीरको बिकार बाहिर निकाल्छ

शरीरमा भएका सबै प्रकारका विकार निकाल्ने उत्तम उपाय भनेकै पसिना निस्कनु हो । पसिनाले शरीरमा भएको हानिकारक पदार्थ, कोलेस्ट्रोल तथा नुनिलो पदार्थ बाहिर निस्कन्छ । विशेषगरी शरीरले भित्र भएका विकार पसिनामार्फत निकाल्ने गर्दछ । ‘छालाको समस्या, पिम्पल्स लगायत शरीर विकार पैदा गर्ने तत्वलाई समेत यसले बाहिर फाल्ने गर्छ’, डेले माइकलले भने ।

सन् २०११ मा प्रकाशित भएको ‘आर्काइभ अफ इन्भाइरोमेन्टल एण्ड कन्ट्यामिनेसन टक्सिकोलोजी’ नामक अध्ययनअनुसार पसिनाको माध्यमबाट शरीरले थुपै्र प्रकारका बिकार बाहिर निकाल्ने काम गर्छ ।

त्यसैले यसलाई शरीरमा भएको विकार नाश गर्ने प्रभावकारी माध्यम पनि भन्ने गरिन्छ । अनुसन्धानकर्ता रगत र पिसाबबाहेक शरीरमा भएका हानिकारण तत्व पत्ता लगाउने अर्को प्रभावकारी माध्यम पसिना हुनसक्नेमा विश्वास गर्छन् ।

मिर्गौलाको ढुङ्गा कम गराउन सक्छ

निरन्तर बग्ने पसिनाले शरीरमा भएको नुनलाई बाहिर निकाल्न तथा हड्डीमा भएको क्याल्सियम बनाइराख्न मद्दत गर्छ । यसले मिर्गौलामा क्याल्सियम र नुनको मात्रालाई सही अवस्थामा राखी मिर्गौलामा ढुङ्गा बन्नबाट जोगाउँछ । त्यसैले धेरै पसिना बग्ने व्यक्तिले धेरै पानी पिउने गर्छ, जसले गर्दा उसमा ‘मिर्गौलामा हुने पत्थरीको खतरा कम हुन्छ ।

त्यसैगरी, सन् २०१३ मा सान् डियागो, क्यालिफोर्नियास्थित अमेरिकन युरोलोजी एसोसिएसनको कन्फरेन्समा पेश गरिएको एक अध्ययनले सातामा केही घण्टा हिँड्ने व्यक्तिमा मिर्गौलाको पत्थरीको जोखिम कम हुने फेला पारेको थियो । त्यसैगरी सानो भन्दा सानो गतिविधिले पनि मिर्गौलामा हुने पत्थरी निर्माण हुन दिँदैन ।

चिसो तथा अरु प्रकारका समस्याबाट बचाउँछ

अष्टे्रलियास्थित रोसाकिया टि्रटमेन्ट क्लिनिकका छालारोग विशेषज्ञ डा.डेनी डी डे फाओरीका अनुसार निरन्तर आउने पसिनाले ट्युवर क्लोसिसका जिवाणु लगायतका अन्य जिवाणुसित लड्न मद्दत गर्छ ।

उनले मेडिकल डेलीलाई इमेलमार्फत भनेका छन्, ‘पसिनामा एण्डीमाइक्रोवायल पेपटाइड्स हुन्छ, जुन भाइरस, व्याक्टेरिया तथा फंगाईको विरुद्धमा काम गर्छ । यसले व्याक्टेरियाको झिल्लीभित्र पसी त्यसलाई टुक्रा-टुक्रा बनाएर मार्ने काम गर्छ ।’

सन् २०१३ मा प्रकाशित अर्को एक अध्ययनले ट्युबर क्लोसिसमात्र नभएर अरु डरलाग्दो किटाणु मार्न पनि पसिनाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अनुसन्धानकर्ताका अनुसार विभिन्न रोग निदानका लागि एण्टीबायोटिकको प्रयोगभन्दा प्राकृतिक उपचार नै हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसैगरी, हामीले निकाल्ने नुनिलो तथा अमिलोखाले पसिनामा प्राकृतिक रुपमै ‘एण्टी बायोटिक तत्व पाइने उनीहरुको ठहर छ ।

ज्याप्स जीट्स

हाम्रो शरीरबाट निस्कने पसिनाले हाम्रो शरीरमा हुने थुपै्र प्रकारका छालाका समस्याहरु हटाउन समेत मद्दत पुग्छ भने केहीलाई पिम्पसस् आउने समस्याले सताउँछ । त्यसैले यसको फाइदाका साथै बेफाइदा पनि केही छन् ।

तर त्यसका बाबजुद यसले हाम्रो शरीरलाई विभिन्न तरीकाले फाइदा पुर्‍याउने गर्दछ । त्यसैले अरु समयमा नभएपनि नाच्ने बेलामा तथा व्यायाम गर्ने बेलामा भने यो निकै लाभदायक छ ।- अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget