Websoft University

www.radiomakalu.com || 021-522512


प्रभाकरले डा. केसीलाई भेटेर भने- फेरि अनशन बस्न नपरोस् भनेर पहल गर्छु


Janardan-Sharma-Pravakar
डा. गोविन्द केसीलाई भेट्न अस्पताल पुगेका प्रभाकर सञ्चारकर्मीहरुसँग
काठमाडौं,साउन १० गते । नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले अनशनरत डा. गोविन्द केसीलाई भेटेर फेरि अनशन बस्न नपर्ने व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बिहान डा. केसीलाई भेट्न प्रभाकर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज गएका थिए । पार्टीले नै प्रभाकरलाई डा. केसीलाई भेट्न भनेर अस्पताल पठाएको थियो ।

डा. केसीलाई भेटेपछि प्रभाकरले भने, ‘तपाईं फेरि अनशन बस्न नपर्ने व्यवस्थाका लागि पार्टी र सरकार दुबै ठाउँमा जोडदार पहल गर्नेछु ।’

केसी धेरै बोल्न सक्ने अवस्थामा थिएनन् । त्यसैले उनले धन्यवाद मात्रै भनेको प्रभाकरले बताए । उनले केसीका जायज माग सम्बोधन हुनुपर्ने बताए ।

‘सरकारले सम्झौता गरेपछि माग पूरा गर्नुपर्छ । त्यसमा सरकार जवाफदेही हुनुपर्छ,’ प्रभाकरले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘उहाँले उठाएका माग बेठीक छैनन् । हाम्रो पार्टी सकारात्मक छ । तर, चिकित्सा क्षेत्रका जनशक्ति नेपालमै उत्पादन हुनुपर्छ । विदेश पढ्न जान नपरोस् भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।’

उनले थपे, ‘काठमाडौंमा मात्रै नभइ जुम्ला, हुम्ला, डोल्पा, कालिकोट लगायतका दुर्गम जिल्लामा पढ्ने वातावरण हुनुपर्छ । निजी शैक्षिक क्षेत्रलाई नै रोक लगाउनु भन्दा तिनीहरुलाई नियमन गर्नुपर्‍यो, अनुगमन गर्नुपर्‍यो, सरकारी संयन्त्र बलियो हुनुपर्‍यो ।’-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget