Websoft University

www.radiomakalu.com || 021-522512


भारतको चाहानामा सरकार परिवर्तनः बिजुक्छे

Narayanman-Bijukchhe

भक्तपुर, असार २९ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन भारतको चाहनामा भएको दाबी गरेका छन् । सरकार परिवर्तनको खेलमा मधेसवादी दलहरु चेस खेलको सिपाहीको जस्तै भूमिकामा रहेको उनले टिप्पणी गरे ।

बुधबार रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बिजुक्छेले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यो नेपाल र नेपालीको हितमा हुनसक्ने ठानेर भारतले देउवा, प्रचण्ड र मधेसवादी दलहरुलाई गोटी बनाएर सरकार परिवर्तन गराएको आरोप लगाए ।

वर्तमान सभामुख ओनसरी घर्ती निवासमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्ष र तठस्थतामा प्रश्न उठेको उनले बताए ।

संवैधानिक जटिलताहरु समेत रहेकाले नयाँ सरकार गठनको बिषय सहज नभएको जिकीरसमेत उनले गरे ।

अन्य देशमा यस्तो परिस्थितिमा राष्ट्रपतिले पार्टीहरुलाई बहुमत देखाउन आह्रवान गर्ने परम्परा रहेको भन्दै उनले नेपालको वर्तमान समयमा राष्ट्रपतिको भूमिका समेत अहम् रहने बताए । राष्ट्रपतिले आफ्ना कानुनी सल्लाकारहरुको भूमिकालाई बढाउँदै काम गर्नु पर्नेमा जोड दिँदै उनले राष्ट्रपतिलाई कसैले पनि बिबादमा तान्न नहुने धारणा समेत राखे ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget