Websoft University

www.radiomakalu.com || 021-522512


सडक निर्माणको चार करोड फिर्ता

road-1

कञ्चनपुर,साउन ८ गते । सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर–महेन्द्रनगर लिङ्क सडक निर्माणका लागि विनियोजन गरिएको पाँच करोड बजेटमध्ये रु चार करोड रकम फिर्ता (फ्रिज) भएको छ ।


सडकमा ग्राभेलिङ्ग गर्ने, माटो भर्र्ने, कल्भर्ट निर्माण गर्नेलगायतका कार्यमा रु एक करोड रकम मात्रै खर्च भएको छ । शनिदेव निर्माण सेवा र जसलिङ निर्माण सेवा कम्पनीले सडक निर्माणको ठेक्का लिएका भए पनि कार्य पूरा नगर्दा रकम फिर्ता गएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताए ।

रु एक करोडको लगानीमा तीन किलोमिटर सडकमा ग्राभेलिङ्ग, चार वटा पाइप कल्भर्ट र पाँचवटा बक्स कल्भर्ट निर्माणको कार्य मात्रै पूरा गरिएको छ ।

आव ०६७÷६८ मा शिलान्यास गरिएको सडकको ब्रम्ह्देवदेखि महेन्द्रनगरको भासीसम्म ट्र्याक खन्ने र ग्राभेलिङ गर्ने कार्य गरिएको थियो । ट्र्याक खोल्न र ग्राभेलिङ्गका लागि मात्रै दुई करोड ५० लाख रकम खर्च गरिएको थियो । त्यसपछि बजेट अभावले सडक स्तरोन्नती र कालोपत्रे गर्ने कार्य हुनसकेको थिएन ।

महेन्द्रनगरको भासीदेखि टनकपुर ब्यारेजसम्म गरी सडकको लम्बाई १३ किलोमिटर रहेको छ । सडकको चौडाई सात मिटर रहेको छ ।- रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget