Websoft University

www.radiomakalu.com || 021-522512


पेनाल्टी सुटआउटमा इटली पराजित, जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा

काठमाडौं, असार  १९  गते  । अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सको बोर्डोमा आज बिहान भएको खेलमा विश्व च्याम्पियन जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो ।
Germany


यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुके । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो । सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरेका थिए ।

नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्याए ।

इटालीलाई केही दबाबमा राखेको जर्मनीका लागि ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रता लिएको थियो ।

तर, ७८ औं मिनेटमा इटलीले पेनाल्टीमार्फत गोल गरेर खेल बराबरीमा फर्कायो । जर्मन डिफेण्डर जेरोमी बोटेङले डिएरियामा हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । र, निर्णय टाइब्रेकरबाट लिइयो ।

जर्मनीले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासँग सेमिफाइनल खेल्नेछ।रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget