Websoft University

www.radiomakalu.com || 021-522512


तमालोपाको पहिलो महाधिवेशन सुरु, संविधानमा धोका भयोः ठाकुर


नवलपरासी ,असार ७ गते ।  पार्टी स्थापनाको नौ वर्षपछि तराई मधेस लोकतान्त्रिक पार्टीले पहिलो पटक महाधिवेशन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले सोमबार दिउसो नवलपरासी सदरमुकाम रामग्राममा महाधिवेशन उद्घाटन गरे । 


झरीलगत्तै चढेको गर्मी छल्दै सहभागी हुन आएका हजारौं जना झाँकीसहित महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भए । पहिलो संविधानसभा चुनावभन्दा ठिक अगाडि २०६४ पुस १३ गते बनेको तमलोपा चुनावमार्फत् पाचौं शक्तिका रुपमा उदायो । उही तमलोपा दोस्रो चुनावमा ११ सिटमा खुम्चे पनि सोमबारको रामग्राम उद्घाटन सभा उसको शक्ति प्रदर्शनका रुपमा बुझ्न सकिन्थ्यो ।

‘राष्ट्रिय जीवनबाट अलग राखिएका नागरिकलाई यो संविधानले हेर्ला, अधिकार देला भन्ने कत्रो आशा थियो, राज्यसित हामीले गरेको आठ बुदे र बाह्रबुदे सम्झौता पालना हुन्छ भन्ने थियो,’ कार्यक्रममा हिन्दीमा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने, ‘समानुपातिक समावेशीको मूल्य मान्यता अवमूल्यन भयो । सुरक्षा, निजामतीलगायत क्षेत्रमा सही प्रतिनिधित्व भएन । हामीमाथि धोका भयो ।’

ठाकुरले मधेसमाथि सत्ताको उपनिवेश जारी रहेकोले अब त्यो स्वीकार नगर्ने चेतावनी दिए । अघिपछिका भाषणभन्दा आक्रामक रुपमा प्रस्तुत भएका उनले मधेसीलाई अझै दोस्रो दर्जाको नागरिकको व्यवहार जारी रहेको, भूमिपुत्रलाई बाहिरबाट आएको नागरिक भनिएको भन्दै आपत्ति जनाए । ‘हामीलाई हाम्रो पूर्खाको भूमि चाहियो, अब चार आना आठ आनामा सम्झौता हुदैन,’ उनले भने, ‘अब त मरे मुक्ति, बाँचे मधेस ।’ उनले राष्ट्रियता एउटै मात्र समूदायको हुन नसक्ने भन्दै नेपालमा पछिल्लो समय भुइफुट्टा वर्ग तयार भएको, त्यसले राष्ट्रियताको एकपक्षीय र गलत व्याख्या गरिरहेको आरोप लगाए । ‘मधेशिहरुलाई नागरिकता , सरकारी सेवा , सेनामा भर्ना नलिएर राज्यले सदियौदेखि बिभेद गर्दै आएको छ, यो आन्दोलनमा पनि दजनौंको हत्या गरिएको , कैयौको अंगभंग भएको र त्यतिकै संख्यामा घाइतेले उपचार समेत पाउन नसकेको कहालिलाग्दो शोकको अबस्थामा महाधिबेशनमा आइपुगेका छौं,’ उनले भने, ‘मधेस हाम्रो राष्ट्र हो, यो बुझ्दा बुझ्दै पनि कोही जोरी खोज्न नआऊ, त्यसको नतिजा महगो पर्न सक्छ ।’

उनले आफुहरुले संबिधान च्यातेको र नमानेको इतिहास कोटयाउदै तराइ मधेशमा बसोवास गर्ने ५१ प्रतिसत नागरिकलाई नागरिकता , सरकारी सेवा र अबसरवाट बन्चित गरेको उल्लेख गर्दै आन्दोलनवाटै आफना अधिकार खोसेर लिने चेतावनी दिए । मधेशको स्वायत्तता सहित स्वशासनको अधिकार नपाएसम्म कुनै अर्थमा पनि आन्दोलन नरोकिने उनले दोहोर्याए । मधेशका नागरिकलाई काठमाण्डौमा रहेको राज्यसत्ताले भारतिय नजरले हेर्ने दृष्किोणमा परिवर्तन आउन नसक्नु दुर्भाग्य रहेको उनले चर्चा गरे ।

संसदमा हंगामा गर्छौं : देउवा
ठाकुर आक्रामक बन्दैगर्दा कांग्रेस सभापति शेरबहादुर देउवा मुसुमुसु हास्दै सुनिरहे । ठाकुरपछि बोल्ने पालो उनकै आयो । ‘उहाजस्तो राम्रो भाषण गर्ने मान्छे हाम्रो पार्टी छाडेर हिडिदिनुभयो, अहिले त कांग्रेसमा राम्रो भाषण गर्ने कोही छैन,’ देउवाले अनौपचारिक शैलीमा कुरा थाले, ‘मधेसको भेदभाव हटाउन हाम्रो पार्टीले सहयोग गर्छ । नागरिकताबाट कोही बन्चित नहोस्, त्यसमा पनि हाम्रो पार्टीले सहयोग गर्छ ।’

राज्यको हरेक निकायमा मधेसीलाई सहभागी हुन पाउने अधिकार रहेको भन्दै देउवाले आफ्नो पहल रहने हुदा विश्वास गर्न आग्रह गरे । ‘आन्दोलनका मृतकलाई सहिद घोषणा गर्न, घाइतेको उपचार व्यवस्था मिलाउन संसदमा हंगामा गरेर भए पनि सहयोग गछौं,’ उनले भने ।

देउवापछि भाजपाका उपाध्यक्ष भगत सिंह कोसियारीले नेपाल भनेको पहाड , मधेश दुबै हो भन्ने भुल्न नहुने बताएका छन् । ‘मधेश छोडेर पहाड नेपाल हुन सक्दैन त्यस्तै पहाड छोडेर मधेश नेपालहुन सक्दैन,’ उनले भने ‘राजनिति गर्नेहरुले त्यो भावनाले काम गर्न पर्छ ।’ बृहत सोचाइ राखेर काम गरे अधिकार र सस्कार पाउन सकिने चर्चा गर्दै उनले उनले घुमाउरो भाषामा एक अर्काको दुख कष्ट हटाउने काम शाषक वर्गको हुने चर्चा गरे । जनता दल युनाइटेडका नेता रघुवंश प्रसाद सिंहले पनि मन्तव्य दिएका थिए ।



ओली आएनन्

तमलोपा नेताहरुले स्थिति असहज हुन सक्ने बताएपछि प्रधानमन्त्री केपी ओली भने अन्तिम समयमा भ्रमण स्थगित गरे । बालुवाटार स्रोतले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण महाधिवेशनमा नआएको कान्तिपुरसित बताए पनि तमलोपा नेताहरुले स्थानीय वातावरण अनुकुल नभएको दर्शाएका थिए ।

तमलोपा अध्यक्ष ठाकुरले कान्तिपुरसित कुरा गर्दै मधेस आन्दोलनका बेला ओलीले दिएका अभिव्यक्तिले उनीप्रति नकारात्मक मनोविज्ञान बन्न गएकाले आफूले निम्त्याउन नसकेको बताए । माओवादी केन्द्रका स्थानीय प्रतिनिधि घनश्याम यादव सहभागी भए । राप्रपा नेता पशुपतिशमशेर राणा, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, फोरम उपाध्यक्ष लालबाबु राउतलगायत नेताले शुभकामना मन्तव्य दिए ।


कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget