Websoft University

www.radiomakalu.com || 021-522512


आईजीपीद्वय अकस्मात संसदमा

काठमाडौँ, जेष्ठ ३२ गते ।व्यवस्थापिका–संसदको संसदीय समितिले कानुनविपरीत पूर्वपदाधिकारीलाई दिइएको सुविधा खारेज गर्न तयारी थालेपछि दुई सुरक्षा निकायका प्रमुखले यसमा गम्भिर चासो राखेका छन् ।


प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सोमबार संसदको सुशासन उपसमितिका संयोजक जनकराज जोशीलाई भेटेर सुविधा खारेज नगर्न दबाबसमेत दिएका छन् ।

सुशासन समितिको उपसिमिलिते एकपटक सुरक्षा निकायका प्रमुखसँग छलफल गरिसकेको थियो । उनीहरुले आफ्नो तर्फबाट उपसमितिमा रायसमेत दिइसकेका थिए । आफूहरुको सुझावमा राजनीतिक दलले तिब्र असन्तुष्टि जनाएको जानकारी पाएपछि आईजीपीद्वय अर्याल र राई संसद सचिवालय पुगेका हुन् ।

यसअघि उपसमितिले बोलाएको छलफलमा सुविधा खारेज गर्न भनेको भए पनि त्यसलाई परिवर्तन गर्दै सेवा सुविधा दिनुपर्ने भनाई प्रतिवेदनमा उल्लेख गर्न पनि महानिरीक्षकद्वयले आग्रह गरेका छन् ।

गृह मन्त्रालयले पूर्व पदाधिकारीलाई अहिलेको सुविधामा थप गरेर पूर्वपदाधिकारीसम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । त्यो विधेयकलाई संसदमा ल्याउन लागिएको छ ।

सर्वोच्च अदालतले पूर्वपदाधिकारीलाई सुविधा दिनुपर्ने भए कानुन बनाएर दिन आदेश दिएको वर्षौं भएको छ । एकपटक संसदमा आएको सुविधा दिने विधेयक सांसदहरुकै विरोधबीच गृह मन्त्रालयमा फिर्ता भएको थियो ।

सुशासन समितिले पनि सुविधालाई खारेज गर्दै गैरसरकारी विधेयकका रुपमा संसदमा दर्ता गर्न लागिरहेको छ ।image khabar

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget