Websoft University

www.radiomakalu.com || 021-522512


होसियार ! निद्रा विगारी फुटबल हेर्दा ज्यानै जोखिममा पर्ला




काठमाडौं , असार ५ गते । दैनिक जीवनमा सन्तुलन ल्याउन नसकेकै कारण पछिल्लो सयम मुटुका रोगी बढेको पाइएको छ । अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा गत एक महिनाको अवधिमा मुटुका रोगी बढेको पाइएको चिकित्सकले बताएका छन् ।


उच्च राक्तचाप, मुटुका रोगी र मधुमेहका बिरामीले नियमित औषधि सेवन गरेरिहे पनि मटु रोगीको समस्या बढिरहेको मुटुरोग विशेषष्ज्ञ डा.प्रकाशराजरेग्मी बताउँछन् । उही औषधि र डोज सेवन गरेपनि मुटुको समस्या बढेको छ उनले भने 'निद्रा अभावका कारण मानिसमा यस्तो समस्या आएको हो ।'


जेठभन्दा असारमा रोगीको संख्या बढेको रेग्मीको भनाइछ । उनका अनुसार 'विभिन्न खाले लक्षण बढ्दै गए हृदयघात या मष्तिष्कघात हुँदै ज्यानैसमेत जानसक्छ ।'



चार वर्षमा हुने युरोकप फुटबलका कारण 'आवेश,आक्रोशित हुने र झगडा गर्ने प्रवृत्तिले पनि मुटुको समस्या बढाउने गरेको छ ।'



डा. रेग्मीको सल्लाह छ 'त्यसैले उत्तेजनामा आएर फुटबल नहेरौं, सकेसम्म पहिलो म्याच हेरेर दोस्रो खेल भलिपल्ट रेप्लेमा हेर्नु राम्रो हुन्छ ।' राजधानी दैनिकमा समाचार छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget