काठमाडौं, असार १६ गते । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर बिहीबार (अाजदेखि) कारोबार फुकुवा गरेको छ । बोर्डले विज्ञप्ती जारी गरि सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।

हालसम्म प्रिमियम मुल्य निर्धारण कसरी गर्ने भन्ने सन्दभर्मा प्रष्ट नीति छैन । बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन नीतिगत आधार छिट्टै तयार गर्ने र त्यसका लागि समय लाग्ने भएकोले तत्कालका लागि सेयर कारोबार खुला गरिएको जनाएको छ ।
बोर्डका अनुसार मूल्य पछि तय गरिने छ । तर कुनैपनि कम्पनीको सेयर लामो समय सेयर रोक्का राख्नु न्ययासंगत नहुने भएकाले नेपाल लाइफको सेयर कारोबार खुला गरिएको जनाएको छ । कम्पनीले बोर्डको स्वीकृतिबिनै एफपिअोको मुल्य तोकेर नेपाल स्टक एक्सचेञ्जबाट सूचना सार्वजानिक गरेको थियो ।-अनलाइनखबरबाट
Post a Comment