Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्ने



काठमाडौँ, असार १२ गते । नेपाल राष्ट्र बैंकले आइतबार फेरि १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । मध्यान्ह १२ बजेदेखि ३ बजेजसम्म ऋणपत्र बिक्री खुल्ला गरिने राष्ट्र बैंक ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए ।

बोलकबोलबाट बिक्री/वितरण गरिने यो ऋणपत्र क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने छन् ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार ऋणपत्रमा अनलाइनबाट पनि आवेदन दिन सकिने छ । बोलकबोलमा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाबाट धितो राखेर ऋण लिन सकिनेछ ।

श्रेष्ठका अनुसार एक करोडले भाग गर्दा निःशेष भाग जाने गरी १० अर्ब रुपैयाँसम्मका लागि आवेदन दिन सकिने छ ।

ऋणपत्रको ब्याजदर भने हरेक छ महिनामा भुक्तानी दिइने छ । यो ऋणपत्र ०७४ असार १२ गते सम्मका लागि हो ।



बैंकिङ क्षेत्रमा भएको लगानीयोग्य पुँजीको पर्याप्तता (अधिक तरलता) को समस्या समाधान गर्न र यसरी उठाएको पैसा राष्ट्रको विकासमा खर्च गर्ने उद्देश्यले राष्ट्र बैंकले ऋणपत्र जारी गरी आन्तरिक ऋण उठाउँदै आएको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget