Websoft University

www.radiomakalu.com || 021-522512


सरकारले तीनवटै जिम्मेवारी पूरा गर्छ – सञ्चारमन्त्री राई

भक्तपुर, असार ४ गते।  सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकारले संविधानको सफल कार्यान्वयन, तीनैवटा निर्वाचन (स्थानीय, प्रादेशिक र संसदीय) गराउर्ने र पुनःनिर्माणको काम सम्पन्न गर्ने मुख्य जिम्मेवारी पूरा गर्ने बताउनुभएको छ । आज रफत् सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यी मुख्य तीनवटा जिम्मेवारी पूरा नगरेसम्म वर्तमान् सरकारको विकल्प नरहेको बताउनुभयो ।





सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले भन्नुभयो–“संविधान कार्यान्वयनको खाका सरकारद्वारा प्रस्तुत भइसकेकाले सबैले यसलाई स्वीकार गर्दै संविधानको सवल र सफल कार्यान्वयनमा लाग्नुपर्दछ ।’’ उहाँले वर्तमान सरकार इतिहासकै शक्तिशाली गठबन्धनको आधारमा निर्माण भएकाले यो सरकारको विकल्प नहुने जिकिर पनि गर्नुभयो ।

मधेस आन्दोलनका नेतृत्वले विगतमा सरकारले पठाएको पत्रलाई गलत आशयका साथ प्रचार गरेपनि पछिल्लो समयमा प्रधानमन्त्रीले पठाएको पत्रबाट भने गलत प्रचार गर्ने मौका नपाएको उहाँको भनाइ थियो । मधेस अन्दोलनको नेतृत्वले सातबुँदे मागका बारेमा सकारात्मक छलफल भइरहेको भन्दै मन्त्री राईले वार्ताकै माध्यमबाट समस्या समाधान हुने समेत दाबी गर्नुभयो ।

पुनःनिर्माणको काममा केही ढिलाइ भए पनि सरकारले तोकेको समयमा सामूहिक बस्ती बसाल्नेलगायत राहत प्रदान गर्ने बताउँदै उहाँले यसका लागि नेपाली सेनालगायतका सुरक्षा निकाय र अन्य क्षेत्र क्रियाशील रहेको बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget