Websoft University

www.radiomakalu.com || 021-522512


करिब ६ अर्बको शेयर कारोबार

काठमाडौँ, जेष्ठ २३ गते । यो साता पूँजी बजारमा करिब ६ अर्ब रुपैयाँको कारोबार भयो ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार यो साता १ सय ४८ कम्पनीहरुको पाँच अर्ब ९५ करोड ५१ लाख रुपैयाँ बराबरका एक करोड तीन लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।




गत साता पनि १ सय ४७ कम्पनीहरुको सात अर्ब १४ करोड ९४ लाख रुपैयाँ बराबरका एक करोड ४६ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । गत साताको तुलनामा कारोबार रकम साढे १६ प्रतिशतले कम हो ।

यो साता शेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा ४ अंकले घटेर अन्तिम दिन १५ सय १८ अंकमा पुग्यो ।

यो साता कारोबार रकमको आधारमा सानिमा बैंक, कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी र कारोबार संख्याको आधारमा सिटिजन बैंक इन्टरनेसनल अग्रस्थानमा रहे ।

कारोबार रकमको आधारमा सानिमा बैंकलाई सिटिजन बैंक इन्टरनेसनल, चिलिमे हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी र नेपाल बंगलादेश बैंकले क्रमशः पच्छ्याउन पुगेको एक्सेचन्जले जनाएको छ ।  imagekhabar.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget