Websoft University

www.radiomakalu.com || 021-522512


ढिलोचाँडो संवैधानिक राजसंस्था ब्यूँतिन्छ'


पाँचथर, जेष्ठ २७ गते । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले ढिलो चाँडो संवैधानिक राजसंस्था ब्यूँतिने बताएका छन् । 




पाँचथरको फिदिममा बुधबार पार्टीको चौथो जिल्ला अधिवेशनमा लिङ्देनले जनताले राजसंस्था चाहेकाले ब्यूँतिने धारणा राखे ।



उनले सडक र सदनमा पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरेका छन् ।

अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य अमीर मादेनले कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीले जातजातिबीचमा भिडाएर सद्भाव खल्बल्याएको आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य छविरमण सुवेदीले राप्रपा नेपालमात्रै छलकपट नगर्ने र जनताको वैचारिक आस्थाको धरोहर भएको बताए ।

अधिवेशनलाई कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, एमाले अध्यक्ष राजकुमार भण्डारी, माओवादी नेता लालबहादुर गुरुङ र राप्रपा नेता शेरबहादुर मुखियाले सम्बोधन गरेका थिए ।

त्यसैगरी सङ्घीय लिम्बुवान पार्टीका सचिवालय सदस्य चन्द्रराज आङ्देम्बे, राप्रपा नेपालका वरिष्ठ नेता कृष्णप्रसाद योङ्या र उपाध्यक्ष कमल चेम्जोङलगायतले सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भोलि सकिने सो पार्टीले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget