Websoft University

www.radiomakalu.com || 021-522512


२.५८ अङ्कले घट्यो नप्से परिसूचक (१ः३० बजको अपडेट)




काठमाडौं , असार ६ गते । सोमबार नेप्से परिसूचक २ दशमलव ५८ अङ्कले घटेको छ । पहिलो कारोबार देखि बढिरहेको बजार १ घण्टाको व्यापार पछि भने घट्न थालेको हो । बजार खुलेको १ घण्टा ३० मिनेटको व्यापारमा नेप्से परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेर १ हजार ६ सय १९ दशमलव ६९ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय २६ कम्पनीको २ हजार ५ सय ३४ व्यापारबाट ७ लाख ८९ हजार ५ सय ५० कित्ता शेयर किनबेच भएको छ ।

जसबाट रू.४८ करोड ७८ लाख बराबरको रकम कारोबार भएको हो । जलविद्युत समूहको परिसूचक १ दशमलव ३४ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ३२ प्रतिशत, होटलको शून्य दशमलव २ र बैङ्किङको शून्य दशमलव शून्य ३ प्रतिशतले बढेको छ । त्यस्तै, वीमा समूहको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत, ‘अन्य’ को शून्य दशमलव ७४ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव २६ प्रतिशतले घटेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget