रसुवा, असार ९ गते । उपप्रधान एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बुधबार रसुवा र नुवाकोटको सिमानामा निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।
रसुवाको डाँडा गाउँ, ठूलो गाउँ तथा नुवाकोटको मनकामना गाविसको इलाकामा रहेको सो जलविद्युत् आयोजना मन्त्री रायमाझीसँगै संसदीय समितिका पदाधिकारीसमेतले निरीक्षण गरेका रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले बताए ।
भूकम्पपछि उक्त आयोजनाको निर्माणले गति पाउन नसकेको प्रविधिज्ञहरूले बताएका छन् । निरीक्षणपछि मन्त्री रायमाझीले प्राकृतिक विपद्पछि आयोजनाको निर्माण कार्य क्रमिक रुपमा अगाडि बढाउन सरकारले सहयोग गर्ने बताए ।
मन्त्री रायमाझीका साथमा संसदीय समितिअन्तरगत कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा र विकास समितिका सभापति रविन्द्र अधिकारी थिए । रासस
Post a Comment