Websoft University

www.radiomakalu.com || 021-522512


श्रम प्रवक्ता भन्छन्- अफगानिस्तान जान प्रतिवन्ध लाग्न सक्छ


काठमाडौं , असार ७ गते । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अफगानिस्तान घटनाको छानविन गरिने बताएका छन् । अनुसन्धानपछि सरकारले अफगानिस्तानलाई रोजगारीको लागि खुल्ला राख्ने कि बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा भुर्तेलले नेपाल सरकारले मुलुकको आर्थिक अवस्था, मानवअधिकारको अवस्था र सुरक्षाको अवस्था हेरेर मात्रै रोजगारको लागि खुला गर्ने गरेको बताउँदैै अफगानिस्तानमा घटेको घटना नेपालीप्रति नै लक्षित भएको पाइए रोजगारीको लागि प्रतिवन्ध लगाइने बताए ।
भर्तेलले घटनामा घाइते भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न परराष्ट्रमन्त्री कमल थापाले आफ्ना अफगानी समकक्षीसँग कुराकानी गरिरहेको जानकारी दिँदै दुई गम्भिर अवस्थामा रहेका घाइतेलाई नयाँ दिल्ली ल्याएर उपचार गराउने तयारी भइरहेको बताए ।
भुर्तेलले अहिलेसम्म अफगानिस्तानमा सस्थागत रुपमा त्यहाँको सुरक्षित मानिएको ग्रीन जोन एरियामा बाहेक नेपाली कामदार नपठाएको दावी गर्दै मृतक र घाइतेहरु संस्थागत प्रक्रियाबाट गएको भए उनीहरुले कानून अनुसारको जीवन बीमा र क्षतिपूर्ति रकम दिइने बताए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्न पुडासैनिले अफगानिस्तानको गि्रन जोन एरियासहित ११० मुलुकलाई सरकारले वैदेशिक रोजगारीको लागि खुला गरेको जानकारी दिँदै अफगानिस्तानमा सस्थागत रुपमा पाकिस्तानको नेपाली दुतावासले स्विकृति दिएपछि मात्रै नेपालबाट श्रम स्विकृति दिने गरेको बताए ।
उनले अहिलेसम्म अफगानिस्तानमा रोजगारीको लागि सस्थागत रुपमा ३३२३ र व्यक्तीगत तवरमा ५२९१ जनाले श्रम स्विकृति पाएको बताए ।
पुडासैनीले अफगानिस्तानको घटना संबेदनशिल रहेकोले त्यसको अध्ययन गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अध्ययन प्रतिवेदनको विश्लेषणपछि मात्रै थप कुनै निर्णय हुने स्पष्ट पारे ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget