Websoft University

www.radiomakalu.com || 021-522512


नक्कली प्रमाणपत्र काण्ड : सिआइबीद्धारा एकै दिन १४ डाक्टर पक्राउ

 
     

वीरगञ्जबाट ८, चितवनबाट ३ र विराटनगरबाट ३ जना पक्राउ

वीरगञ्ज , असार ४ गते  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएको आशङ्कामा वीरगञ्जका ८ जना चिकित्सकलाई पक्राउ गरेको छ । सिआइबीका प्रहरी नायव उपरिक्षक फिरोज बस्नेतको नेतृत्वमा आएको टोलीले शुक्रबार वीरगञ्जमा डाक्टरहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालका डाक्टरहरू सरोज सिंह, कुशराज गिरी र पनालाल पटेललाई पक्राउ गरेको छ । वीरगञ्जकै नेशनल मेडिकल कलेजका चिकित्सक निमेशरमण पाल, ईरसादउल हक र महम्द रहुल्लाहा खान पनि पक्राउ परेका छन् । निजी क्लिनिकका डाक्टर दिनेश साह र अरुणकुमार गुप्तालाई पनि सिआइबीको टोलीले पक्राउ गरेको छ । टोलीले ति अस्पताल र क्लिनिकहरूमा छापा मारेर चिकित्सकहरूलाई नियन्त्रणमा लिएको थियो । सिआइबीको टोलीले पक्राउ परेका सबै डाक्टरहरुलाई शुक्रबार नै अनुसन्धानका लागि भन्दै काठमाडौं लिएर गएको छ । 
पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले सिआइबीको टोलीले अनुसन्धानका लागि उनिहरुलाई काठमाडौं लगेको जानकारी दिए । पक्राउ गरिएपछि उनिहरूलाई केही बेर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको थियो । अस्पतालमा कार्यरत अन्य डाक्टरहरुले डाक्टर पक्राउको विरोध गरेका छन् । डाक्टरहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर विरोध जनाएका हुन् । नेशनल मेडिकल कलेजका निर्देशक डा. प्रमोदकुमार सर्राफले प्रहरीले डाक्टरहरुलाई अमर्यादित तवरले पक्राउ गरेको भन्दै विरोध जनाए । उनले प्रहरीले डाक्टरहरुलाई अपरेशन थिएटरबाटै अपराधीलाईजस्तो व्यवहार गर्दै पक्राउ गरेको बताए ।  
नारायणी अस्पतालका डा. मनोज गुप्ताले भने प्रहरीले अभद्र व्यवहार गरेको बताए । डाक्टर पक्राउको विरोधमा शुक्रबार वीरगञ्जका निजी तथा सरकारी अस्पतालहरुमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारिएको छ । डाक्टरहरुले सेवा ठप्प पारेपछि उपचारका लागि आउने बिरामीहरुलाई सास्ती भएको छ ।
चितवनबाट तीन चिकित्सक नियन्त्रणमा 
उता सिआइबीले शुक्रबारै शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका तीन चिकित्सकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरी छन् । 
केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् । उनीहरूको अनुसन्धान समेत केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने र आवश्यकता हेरी मुद्दा दर्ता गरिने कुँवरले बताए ।
विराटनगरबाट पनि तीन चिकित्सक पक्राउ
शुक्रबारै विराटनगरका चर्चित तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अब्दुल कलाम हक रहेका छन् । मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले विराटनगरका तीन जना चिकित्सकलाई शुक्रबार पक्राउ गरिएको पुष्टि गरे ।  
चिकित्सकले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा काम गरिरहेको आशङ्कामा पक्राउ गरिएको र उनीहरूलाई काठमाडौँ लगी अनुसन्धान गरेपछि थप कुरा खुल्ने प्रहरीले बताएको छ । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget