Websoft University

www.radiomakalu.com || 021-522512


क्रिकेट खेलाडी संघको अध्यक्षमा अग्रवाल, पारस खड्का महासचिव

काठमाडौं , जेष्ठ २२ गते । क्रिकेट खेलाडी संघको अध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का महासचिव भएका छन् ।
क्रिकेट खेलाडीहरुको हक हितमा काम गर्न गठन भएको संघको शनिबार किर्तिपुरस्थित त्रि वि कि्रकेट मैदानको हलमा शनिबार भएको साधारण सभा भएको थियो ।
साधारण सभाले अग्रवालको अध्यक्षमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । पूर्व कप्तान विनोद दास र सीता रानामगर उपाध्यक्ष छन् भने महासचिवमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का छन् ।
अनिल मण्डल सचिव र पृथु वास्कोटा कोषाध्यक्ष छन् । राजु वस्नेत, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, निरा राजोपाध्याय र विनोद भण्डारी सदस्य छन् ।
नयाँ कार्यसमितिको समितिको कार्यकाल दुई वर्षको हुनेछ । क्रिकेट खेलाडी संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गैर नाफामूलक सामाजिक संस्थाका रूपमा दर्ता छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget