Websoft University

www.radiomakalu.com || 021-522512


‘गुण्डा नाइके’ जसवन्त पक्राऊ, भाग्न खोज्दा दुई राउण्ड गोली प्रहार



काठमाडौं , असार ९ गते । प्रहरीले ‘गुण्डा नाइके’ जसवन्त गुरुङ भन्ने पूर्ण गुरुङलाई गोली हानेर पक्राउ गरेको छ ।


फाइल तस्वीर

महानगरीय प्रहरीको अपराध महाशाखाले उनलाई बिहीबार दिउँसो विजुलीबजारबाट पक्राउ गरेको हो ।

पक्राउ गर्ने क्रममा प्रहरीमाथि उनले रडले आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । र, अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

गुरुङविरुद्ध कालिमाटी, कलंकी क्षेत्रका होटल रेष्टुँराहरुमा धम्क्याएर रकम उठाउने गरेको भन्दै उजुरी परेको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए ।

चार दिन अघि उनले हप्ता नदिएको भन्दै कालीमाटी आसपासका तीन जनालाई कुटपिट गरेका थिए । उनी यसअघि पनि ज्यान मुद्दा र सार्बजनिक अपराधका मुद्दामा सजायँ पाइसकेका व्यक्ति हुन् ।- अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget