Websoft University

www.radiomakalu.com || 021-522512


पहिलो फिल्मवाट ११ हजार पाएकी थिइन् करिनाले




मुम्बई । अहिले एउटा फिल्ममा काम गरेको नौ करोड रुपैंया लिने गर्छिन करिना कपुर । तर, तपाइहरुलाई थाह नहुन सक्छ कुनै बेला दश हजारमै काम गर्न राजी थिइन् यी नायिका ।

उनी आफैं स्वीकार्छिन ‘हो मैले पहिलो पटक ११ हजार रुपैंयाको चेक पाएको थिँए’ चलचित्र ‘हम दिल दे चुके सनम’ का लागि निर्देशक सञ्जयलीला भन्सालीले ११ हजारको चेक दिएका थिए । तर, पछि चलचित्रमा अभिनय गर्न भने पाईनन् ।

अभिनय नगरेपनि उनले ११ हजारको चेक भने फिर्ता गरिनन् । उनले पहिलो सर्ट चलचित्र ‘कहो ना प्यार है’ मा दिएकी थिईन् उक्त चलचित्रमा ऋतिक रोशन र अमिषा पटेलको मुख्य भूमिका रहेको छ ।

परिवारको सदस्यको साथमा बस्दै आएकी करिनाले विवाहपछि मात्रै आफ्नै घरमा बसेको अनुभुति गरिन्, जुन घर सेफअलि खानको पनि थियो ।

कुनै वेला राहुल रायकी फ्यान थिइन् उनी । ‘आशिकी’ रिलिजपछि राहुलको फ्यान बनेकी थिईन् करिना । अर्जुन कपुरसँग ‘कि एण्ड का’ मा अनस्क्रिन चुम्बन गरेकी थिइन् । -अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget