Websoft University

www.radiomakalu.com || 021-522512


अस्थिरताले कृषि बैज्ञानिक बिदेश पलायन बढ्योः कृषिमन्त्री गजुरेल


 भक्तपुर, असार १४ गते  । कृषिमन्त्री हरिबोल गजुरेलले राजनीतिक अस्थिरता लम्बिदा नेपालका कृषि बैज्ञानिकहरु बिदेश पलायन भइरहेको बताएका छन् ।
भक्तपुरमा भएको एक कार्यक्रममा मन्त्री गजुरेलले नेपालका कृषी बैज्ञानिकहरु बिदेश पलायन भइरहेको बताएका हुन् । राजनीतिक संक्रमणकाल अन्त्य गरेर उनीहरुलाई नेपालमै रहने स्थिति राख्नुपर्ने मन्त्री गजुरेलको भनाइ छ ।
उनले भने, ‘बिदेशिन बाध्य युवाहरुलाई स्वदेश मै कृषि क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकारले काम गरिरहेको छ, कृषि क्षेत्रमा पेन्शनको ब्यवस्था गरिएकाले अब विदेश जानुपर्दैन ।’
उनले जसको नेतृत्वमा भएपनि राष्ट्रिय सरकार अपरिहार्य भएको बताए । उनले पुनर्निर्माण प्राधिकरणलाई राजनीतिक भर्ती केन्द्र बनाएको आरोप समेत लगाएका छन् । मन्त्री गजुरेलले मधेस आन्दोलनको माग सम्बोधन गरी तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका थिए ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget