Websoft University

www.radiomakalu.com || 021-522512


सुनसरीमा चट्याङ लागेर युवकको मृत्यु

सुनसरी, जेष्ठ १८ गते। सुनसरीको नर्सिङ गाविस ८ मा आज दिउँसो चट्याङ खस्दा एक जनाको मृत्यु भएको छ। हावाहुरी संगै चट्याङ खस्दा नर्सिङ गाविस वडा नम्बर ८ बस्ने २७ वर्षिय फटी मियाँको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको हो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गएको हो।
त्यस्तै हावाहुरीले रुख ढलेर घरमाथी खस्दा बबिया गाविस ५ का राजेन्द्र मेहताको घर क्षती भएको छ। हावाहुरीले नजिकैको रुख ढलेर खस्दा टिनले बनेको एक तले क्षती हुनुका साथै आँगनमा बाँधी राखेको एउटा बाख्रासमेत मरेको हो।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget