Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा छ वटा पुस्तक एकसाथ बिमोचन

काठमाडौँ– नेपालको साहित्यिक इतिहासमा राष्ट्रकवि घिमिरेको नाम नसुनेका मानिस सायद कम नै होलान् । विसं १९७६ मा मस्र्याङ्दी नदीको किनार लमजुङको बाहुनडाँडामा जन्मेर नेपाली साहित्यमा पु¥याएको योगदानले उनलाई राष्ट्रकवि बनायो ।
madhab ghimire


उनै राष्ट्रकविको संरक्षकत्वमा मुलुकको सांस्कृतिक र साहित्यिक क्षेत्रको विकासलाई अगाडि बढाउन मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको स्थापना भयो । विसं २०५३ चैत २९ गते स्थापना भएको यो प्रतिष्ठानले नेपाली भाषा र साहित्यको विकासका ठूलो भूमिका खेल्दै आएको छ । साथै, प्रतिष्ठानले नेपालको साहित्यको विकासमा विभिन्न कार्यक्रम र स्रष्टाहरु जन्माउँदै आएको छ ।

राष्ट्रकवि घिमिरेको जन्मथलो लमजुङ र त्यस वरपरका क्षेत्रको साहित्यिक विकासका लागि स्थापना भएको यस प्रतिष्ठानले आज एकैपटक छ कृति नेपाली बजारमा ल्याएको छ ।

प्रतिष्ठानले नवोदित कलेज सामाखुशीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष आतिथ्यमा ती कृतिको उनीहरुबाट संयुक्तरुपमा विमोचन भयो ।

प्रतिष्ठानद्वारा तयार पारिएका दुई कृतिसहित लमजुङका साहित्यकारद्वारा सिर्जना गरिएका छ साहित्यिक कृति विमोचन गरियो । सोमध्ये प्रतिष्ठानले निकालेको ‘ मस्र्याङ्दी स्मारिका’ र ‘मस्र्याङ्दी परिचय कोष’, कवयित्री चन्द्रवदना घिमिरेद्वारा लिखित ‘स्मृतिभित्रका केही पात्र’, ‘माता पिताको संस्करण’, ‘ऋतुचक्र’ र चन्द्रमणि अधिकारीद्वारा लिखित ‘मेरो आकास’ विमोचन गरिएको हो ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेले प्रतिष्ठानले स्मारिका निकालेर लमजुङको साहित्यिक इतिहासमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले भने – “यी कृतिले नेपाली साहित्यको गरिमालाई उँचो बनाएको छ ।” उनले आगामी दिनमा पनि यस्तो काम गर्दै जानका लागि प्रतिष्ठानलाई आग्रहसमेत गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले प्रतिष्ठानले काठमाडौँ र लमजुङमा विभिन्न कार्यक्रम राखी नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने – “यो प्रतिष्ठानका विभिन्न कार्यक्रममा म सहभागी हुने अवसर मिलेको छ, राष्ट्रकवि संरक्षक रहेको प्रतिष्ठानले राष्ट्रलाई नै गौरव बनाएको छ ।”

प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले एक वर्षको अथक प्रयासमा विभिन्न क्षेत्रका मानिसका लेख रचना जुटाएर कृति प्रकाशन गरेको बताए । प्रतिष्ठानका सचिव कृष्णकान्त घिमिरेले आगामी दिनमा यसलाई थप व्यापक बनाएर लैजाने विश्वास व्यक्त गरे ।

सो अवसरमा राष्ट्रकवि घिमिरेले आफूले लेखेका साहित्यिक कृतिमाथि विद्यावारिधि गर्ने छ जनालाई सम्मान गरेका थिए । उनको कृतिमाथि विद्यावारिधि गर्नेमा डा शैलेन्दुप्रकाश नेपाल, डा कृष्णराज विसी, डा लेखप्रसाद निरौला, डा कुलप्रसाद ढुङ्गाना, डा जयन्ती रुपाखेती र डा विष्णुकुमार खत्री रहेका छन् । उनीहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget