Websoft University

www.radiomakalu.com || 021-522512


कसरी जाँचिन्छ मापसे र कुन तत्वले छुट्याउँछ अल्कोहल ?




मापसे अहिले निकै चर्चामा रहेको शबद हो । मापसे जाँच कसरी हुन्छ, के कुराले अल्कोहल कति पिएको थाहा पाउँछ ? धेरै जिज्ञासा हुनसक्छ । जानौं ६ तथ्य ।

१ यस जाँच अन्तर्गत आन्द्राबाट सोसिएर रगत हुँदै फोक्सोमा पुगेर सासबाट बाहिर निस्कने अल्कोहलको मात्रा जाँच गरिन्छ ।

२ बैज्ञानिक तथ्य अनुसार २१०० मिलि सासमा भएको अल्कोहलको मात्रा १ मिलि रगतमा भएको अल्कोहलको मात्रा बराबर हुन्छ ।
३ यस जांचमा प्रयोग गरिने यन्त्रलाई ब्रेथलाइजर भनिन्छ भनिन्छ ।

४ जाँच गरिने व्यक्तिलाई २ देखि ४ सेकेन्ड मेशिनमा फुक्न लगाइन्छ ।

५ केमिकल रियाक्सनको आधारमा हुने रंग परिवर्तनको मात्रालाई विश्लेषण गरेर सासमा भएको अल्कोहलको मात्रा अर्थात् रगतमा भएको अल्कोहलको मात्रा टुंगो लगाइन्छ ।

६ यन्त्रभित्र सल्फरिक एसिड, पोटासियम, डिक्रोमेट, सिल्भर नाइट्रेट र पानि राखिएको हुन्छ जसमा सल्फरिक एसिड ले सासबाट अल्कोहल छुट्टाउने काम गर्दछ, सिल्भर नाइट्रेट ले उत्तेजक को काम गर्दछ भने पाटासियम डिक्रोमट र अल्कोहलको रियाक्सन हुने क्रम मा पहिले भएको सुन्तला रंग हरियो रंगमा बदलिन्छ । जति कडा मात्रा भयो उति हरियो रंगको गाढापन बढ्ने हुन्छ । -स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget