Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय सहमतिको सरकार आवश्यक : अध्यक्ष दाहाल

विराटनगर, असार ५ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्प कमल दाहालले संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचन र पुनःनिर्माणका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय सहमतिको सरकारले मात्र मुुलुुकको समस्या समाधान गर्ने भएकाले यसका लागि सबै दल मिलेर अघि बढ्नुुपर्नेमा जोड दिनुभयो ।




उहाँले मधेसको समस्या समाधान नगरिकन निर्वाचनको वातावरण बन्न नसक्ने भएकाले निर्वाचनका लागि नेपाली काँग्रेस र मधेसी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुुन बनाउनुपर्ने, कतिपय ऐनको संशोधन गर्नुपर्ने भएकाले मुुख्य दलहरुबीच सहमति आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

स्थानीय निकायको निर्वाचन हुनुपर्ने विषयमा आपूmहरुको कुुनै विमति नभएको भन्दै अध्यक्ष दाहालले निर्वाचनको तिथिको घोषणासँगै निर्वाचन सम्पन्न गर्न वातावरण तयार गर्न सरकार गम्भीर हुुनु जरुरी रहेको उल्लेख गर्नुभयो । पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले मधेसी मोर्चाले भनेजस्तो संविधान पुुनःलेखन सम्भव नभएको स्पष्ट पार्नुभयो ।

मधेसको समस्या समाधान गर्न संविधान संशोधन गर्न सकिने उल्लेख गर्दै उहाँले संविधान पुुनःलेखन गर्न खोजिए अहिलेको संविधान रद्ध हुुने र मुुलुुक खतरनाक अवस्थामा पुग्न सक्ने भएकाले यस्ता विषय नउठाउन मधेसी मोर्चालाई आग्रहसमेत गर्नुुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget