Websoft University

www.radiomakalu.com || 021-522512


चोरको दिसाबाट सुन बरामद


खाँदबारी,  जेष्ठ २१ गते । सुन चोरी आरोपमा जेठ १७ गते पक्राउ परेका चोरको दिसाबाट प्रहरीले सुन बरामद गरेको छ । खाँदबारीको शनिबारे बजारमा किनमेल गर्न गएकी महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले वीरगञ्ज उपमहानगरपालिका २३ अपौलीका रमेशराय यादव, सुनसरीका ४५ वर्षीय राजकुमार यादव, पर्सा हरपतगन्ज– ९ का अमित राययादव र सुनसरी इटहरीका जगनारायण चौधरीलाई पक्राउ गरेको थियो ।




चोरी गरेको सुन नभेटिएपछि प्रहरीले खाएको आशंका गरी एक्सरे गर्दा बिहीबार आन्द्रामा सुन देखिएको थियो । खाँदबारी बजारमा किनमेल गर्दै आएकी पासाङल्ह्मु शेर्पाले लगाएको दुई तोलाको सिक्री, दिलकुमारी श्रेष्ठको पाँच तोलाको सिक्री र संगीता श्रेष्ठको दुई तोला दुई आनाको सिक्री चोरले खाएको अनुसन्धानबाट पुष्टि भएका छ ।

बजार भर्न आएका महिलाका घाँटीको सिक्री हराएको उजुरी परेलगत्तै प्रहरीले चोरलाई पक्राउ गरेको थियो । संखुवासभाका प्रहरी प्रमुख डीएसपी गौतम कुमार केसीले भने, ‘उजुरी लगत्तै हामी चोर पक्राउ गर्न सफल भयौँ । अनुसन्धान सकारात्मक देखिएको छ ।’ प्रहरीको अनुसन्धान टोलीले खाँदबारीको लभिङ हिलबाट दुईजनालाई पक्राउ गरेपछि फरार दुई जना खराङबाट पक्राउ परेका थिए ।

पक्राउ परेका मध्ये काजनारायण चौधरीले सुन खाएका थिएनन् भने बाँकी तीन जनाले सुन खाएको अनुसन्धानबाट खुलेको हो । बजार र भिडभाडमा सुन लुट्ने योजना बनाएर इटहरीबाट को१ज २६५७ नम्बरको रातो रंगको गाडी लिएर यो गिरोह खाँदबारी पुगेको थियो । इटहरीबाट दुई दिनका लागि गाडी लगेको खुलेको छ ।

चोरी आरोपमा पक्राउ परेकाले सुन चोरीको स्वीकार नगरे पछि प्रहरीले एक्सरे गर्न अस्पताल पुर्याएको थियो । एक्सरे रिपोर्टमा नौ तोला दुई आना सुनचोरी गरी खाएको खुलेको हो । एक्सरेका क्रममा अमितको पेटको तल्लो भागमा सुनको सिक्री देखिएको थियो भने रमेशको पेटको सानो आन्द्रामा र राजकुमारको ठूलो आन्द्रामा सुन देखिएको थियो ।


purbelinews.
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget