Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीले भने, ‘डाक्टरको प्रमाणपत्र कसरी माग्नु ?’

काठमाडौँ, असार ९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टरलाई जँचाउनु अघि उसको प्रमाण पत्र हेर्न नसकिने बताएका छन् ।



नक्कली डाक्टरले प्रधानमन्त्रीको समेत दातको जाँच गरेको समाचार प्रकाशित भएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘दाँत जचाउँन जाँदा डाक्टरलाई तिम्रो सर्टिफिकेट सक्कली हो कि नक्कली भनेर सोध्ने कुरो होइन,’ प्रधानमन्त्री ओलीले भने ।

जनजाति प्रतिष्ठान सञ्चालक परिषद्को बैठकलाई राजधानीमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाचारमा आएका डाक्टरले आफ्नो दाँत नजाँचेको दाबी गरे । उनले भने, ‘समाचारमा भनेजस्तो ती डाक्टरले नै मेरो दाँत जाँचेको होइन ।’

कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटलका अध्यक्ष बुद्धिमान श्रेष्ठले प्रधानमन्त्री ओलीको परिक्षण गरेको समाचार कान्तिपुरमा प्रकाशित भएको थियो । हस्पिटलको कार्यविवरणमा प्रधानमन्त्री ओलीको पनि दाँत परीक्षण गरेको उल्लेख थियो ।

करिब २५ मिनेट लामो भाषणको अन्त्यतिर प्रधानमन्त्री ओलीले दाँत र नक्कली डाक्टरको प्रसंग उल्लेख गर्दा हाँसो गुन्जिएको थियो ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget