Websoft University

www.radiomakalu.com || 021-522512


मृत शरीरमा जीवित टाउको जोड्दै चिनियाँ डाक्टर


पहिलो फुल बडी ट्रान्सप्लान्टको तयारी



हार्बिन (चीन) के कुनै एउटा मानिसको टाउको अर्को मानिसको शरीरमा सार्न सम्भव होला ? के कुनै व्यक्तिको गर्दनमुनिको भाग पुरै परिवर्तन गर्न सकिएला ?

धेरैले उत्तर देलान्, यस्तो असम्भव र हावादारी कुराको पछि नलागेकै बेस । तर, चीनका एक डाक्टर अहिले यही अभियानको अन्तिम चरणमा पुगेका छन्।

चीनको हार्बिन मेडिकल विश्वविद्यालयका अर्थोपेडिक सर्जन डा. रेने सुन्दै असम्भव लाग्ने यही अपरेशनको अन्तिम तयारीमा जुटिरहेका छन् ।

मानिसको टाउकोलाई अर्काको शरीरमा सार्न र शरीररमा पुरै परिवर्तन ल्याउन असम्भव लाग्ने अप्रेशनको तयारीस्वरुप डा. रेनले मुसो र बाँदरमा सफल परीक्षण गरिसकेका छन्।

अमेरिकामा १६ वर्षसम्म रहेर सन् २०१२ मा आफ्नै देश चीन फर्केका डा. रेन यो असम्भव लाग्ने अप्रेशनमा सफल हुने कुरामा विश्वासका केही आधार छन् ।

उनले हालैका दिनमा टाउको ट्रान्सप्लान्टको पूर्वाभ्यास मुसो र बाँदरमा गरिसकेका छन् । र, उनलाई यो प्रयासमा सफलता पनि हात लागिसकेको छ ।

रेनेले अब मुसो र बाँदरमा सफल परीक्षण गरिसकेको यो ट्रान्सप्लान्ट मानिसमा गर्ने कुरालाई चुनौतीकारुपमा लिएका छन् ।

उनी भन्छन्, ‘यो कुरा झट्ट सुन्दा असम्भव जस्तै लाग्छ । मैले ३० वर्षमा कयौं मुस्किल अप्रेशन गरिसकेको छु । तर, मैले गर्न खोजेको यो किसिमको अप्रेशनको अन्य कुनै अप्रेशनसँग तुलना गर्नै सकिन्न ।’

उनले सिंगै शरीर ट्रान्प्लान्टको प्रयोग मानव शरीरमा पनि गरिसकेका छन् । तर उनले यो प्रयोगबाट प्राप्त भएको रिपोर्टबारे जानकारी दिन इन्कार गरेका छन् ।

यसै वर्षको शुरुवातमा उनले बाँदरमा शरीर ट्रान्सप्लान्टको एउटा अप्रेशन गरेका थिए । तर त्यो बेला उनले शरीर ट्रान्प्लान्ट गरेको बाँदर केबल २० घन्टासम्म मात्रै बाँच्न सकेको थिए । त्यो बेला स्पाइनल कर्ड जोड्न नसक्दा बाँदर मरेको थियो ।

यो असम्भवप्राय लाग्ने परियोजनालाई हावादारी भन्दै धेरै मानिसले आलोचना पनि गरिरहेका छन् । धेरैजसो मानिसहरुले डाक्टर रेनेको यो प्रयास सम्भव नै नहुने बताइरहेका छन् ।

नीतिगतरुपमा पनि यस किसिमको अप्रेशनलाई गलत मानिएको छ । तर चीनमा केही मानिसहरु यस किसिमको अप्रेशनका लागि तयार भइसकेका छन् ।

यीनीहरुमा ६२ वर्षीय वाङ्ग हानमिङ्ग पनि एक हुन् । वाङ्ग छ वर्षअघि एक साथीसँग रेसलिङ्ग खेल्ने क्रममा प्यारालाइसिसको शिकार भएका थिए ।

त्यही बेलादेखि उनको गर्दन भन्दामुनिको भागले काम गरेको छैन । ‘अहिले मेरा बाबुको हालत न त जिउन नै सक्ने न त मर्न नै सक्न अवस्थामा छु’ उनकी छोरी झाई भन्छिन्, ‘यदि अप्रेशन असफल भयो भने मेरा बाबुको निधन हुन्छ । तर हामीसँग बुबालाई बचाउने अब यही मात्रै विकल्प र आशाको किरण भएको छ ।’

समाचार अनुसार डाक्टर रेनले मृत्यु भइसकेका मानिसको शरीरमा जीवित मानिसको शरीर जोड्ने तयारी गरेका छन् ।चिकित्सकले मृत शरीर र टाउको रगतको प्रणालीलाई जोडिदिनेछन् ।

गर्दनलाई सीधा बनाउनका लागि धातुको रड शरीरमा हालिनेछ । स्पाइनल कर्डलाई बलियो बनाउन एक ग्लूले बाँधिनेछ । ताकि यसले फेरि जीवित भएर काम गर्न सकोस। अन्तिममा टाउको र शरीर दुबै भागको छालालाई सिलाएर जोडिनेछ ।


के यो सम्भवछ ?



पेन्सिलभेनिया विश्वविद्यालयस्थित पेन ट्रान्सप्लान्ट विश्वविद्यालयका प्रोफेसर डा. अब्राहमका अनुसार दिमाग र शरीरलाई ट्रान्सप्लान्ट भन्दाअघि जीवितै राख्न सकिन्छ। रक्तप्रणाली र मांसपेसीलाई पनि जोड्न सम्भव रहने उनको भनाइ छ ।

प्रतिरक्षा प्रतिक्रियालाई पनि नियन्त्रण गर्न सकिन्छ । तर स्पाइनल कर्डलाई ग्लुबाट जोड्न भने नसकिने उनको भनाइ छ ।

डाक्टर रेनेले टाउको अलग गरिएको मुसाको स्पाइनल कर्डलाई भने नर्भ ग्लुबाट जोड्न सफल भएका थिए ।

उनले अप्रेशनका क्रममा स्टील रडबाट शिरलाई स्थिर गराउन सफल भएका थिए । डा। रेनेले मुसामा ट्रान्सप्लान्ट अभियान सफल पार्न करिब एक हजारवटा अप्रेशन गरेका थिए ।

यो अप्रेशनपछि मुसा एक दिनसम्म बाँच्न सफल भएका थिए । यही तरिकालाई उनले मानिसमा पनि प्रयोग गर्न लागेका हुन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget