रमेश आचार्य
कुनै एउटा बिरामीका लागि साक्षात् भगवान मानिने चिकित्सकहरु पनि नक्कली भेटिन थालेपछि यतिबेला चिकित्सा क्षेत्र एकाएक तात्न थालेको छ । कडा मिहिनेत र साधनाबाट चिकित्सकीय ज्ञान हासिल गरी बिरामीको सारथि बन्ने चिकित्सकहरु नै नक्कली प्रमाणपत्रको अरोपमा धमाधम पक्राउ पर्न थालेपछि यस क्षेत्रमा अनेकौँ सवाल उठिरहेकका छन् । यो स्वाभाविक चिन्ता पनि हो ।
पछिल्लो प्रकरणपछि नक्कली चिकित्सकका सम्बन्धमा आलोचना र चासो हुनु जायज हो । तर समग्र चिकित्सकहरुको मनोबल नै गिर्ने गरी भएका आलोचना र टीकाटिप्पणीहरु प्रतिउत्पादक छन् । त्यसैले यसलाई सन्तुलित ढङ्गले न्याय गर्नुपर्ने देखिन्छ । चिकित्सा क्षेत्र मात्र होइन हरेक क्षेत्रमा यस्ता खालका विकृतिहरु आइरहेकै हुन्छन् । तर समग्र चिकित्सा क्षेत्रलाई नै शङ्काको घेरामा पार्ने गरी भएको आलोचनाले भोलिका दिनमा चिकित्सा क्षेत्र सुध्रिन्छ भन्ने छैन । यसकोे नकारात्मक प्रभावले गर्दा चिकित्सा क्षेत्र थप डामाडोल बन्ने सम्भावना पनि देखिन्छ ।
साच्चै नै भन्ने हो भने यतिखेर योे प्रकरणले समग्र चिकित्सा क्षेत्रलाई नै हल्लाएको छ । त्यसकारण यस प्रकरणबारे उपयुक्त तथ्य र सूचनाहरुको उजागर हुनु आवश्यक छ । म एउटा चिकित्सा क्षेत्रमा लागेर सेवा गर्ने इच्छा राख्दै एमबीबीएस अध्यान गर्दै गरेको विद्यार्थीको नाताले यस कदमलाई समग्र चिकित्सा क्षेत्रको शुद्धीकरणको रुपमा लिन चाहान्छु । चिकित्सक जस्तो मर्यादित क्षेत्रमा पनि यस किसिमका विकृति भेटिनु दुःखद हो । तर ढिलै भए पनि यो क्षेत्रमा भएका विकृतहरुलाई सफाइ गर्नका लागि सरकार लागेको छ । यो सकारात्मक कुरा हो । यसबाट चिकित्सा क्षेत्र मर्यादित र विश्वसनीय बनाउन सहयोग पुग्नेछ । यो अभियानमा सरकारलाई साथ दिनु सम्बन्धित सरोकालवाला पक्षको कर्तव्य हो । चिकित्सक सङ्घ पनि यो कुरामा बाधक बन्नु हुँदैन ।

पछिल्लो प्रकरणपछि त्यस्ता नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुको बारेमा आलोचना र टिप्पणी हुनु स्वभाविक छ । तर त्यसकै आधारमा समग्र चिकित्सकहरुलाई नै एउटै बास्केटमा हालेर हेर्ने काम भएको छ । यो दुःखद हो । केही नक्कली चिकित्सक भेटिए भन्दैमा सबैलाई त्यही नजरले हेर्दा विषय समाधान हुनुको साटो बल्झिन सक्छ ।
पछिल्लो प्रकरणपछि त्यस्ता नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुको बारेमा आलोचना र टिप्पणी हुनु स्वभाविक छ । तर त्यसकै आधारमा समग्र चिकित्सकहरुलाई नै एउटै बास्केटमा हालेर हेर्ने काम भएको छ । यो दुःखद हो । यसले चिकित्सा क्षेत्रमा राम्रो काम गरिरहेका चिकित्सकको मनोबल गिर्न सक्छ । त्यसकारण यसलाई सन्तुलित ढङ्गबाट समाधान गर्नु अहिलेको आवश्यकता हो । केही नक्कली चिकित्सक भेटिए भन्दैमा सबैलाई त्यही नजरले हेर्दा विषय समाधान हुनुको साटो बल्झिन सक्छ । त्यसकारण सम्बन्धित निकायले न्यायोचित समाधानका लागि अग्रसरता लिन जरुरी छ ।
नक्कली चिकित्सक प्रकरणमा विशेष गरी दुईवटा अवस्था रहेको पाइएको छ । एउटा अवस्था प्लस टु र एसएलसीको प्रमाणपत्र नक्कली पेश गरी एमबीबीएस वा अन्य विषय सही ढङ्गले पढेका छन् । अर्काथरी भने एमबीबीएसको प्रमाणपत्र नै नक्कली बनाई सेवा गरिरहेका छन् । यसरी हेर्दा चिकित्सकीय दक्षतामा यी दुवै अवस्थाका व्याक्तिहरुको क्षमता घट्बढ हुने भए यस अवस्थामा पक्राउ परेका व्यक्तिहरु कानुनको नजरमा दुवै दोषी छन् । त्यसकारण यी दुवै अवस्थाका व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनै पर्छ ।
चिकित्सक बिरामीको भरोेसाका केन्द्र हुन् । बिरामीको विश्वास जित्नका लागि यस क्षेत्रमा रहेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्नैपर्दछ । जसका लागि पेसागत सुशासनको खाँचो छ । मेडिकल काउन्सिलबाट प्रदान गरिने लाइसेन्स प्रक्रिया व्यावहारिक र प्रभावकारी हुनु जरुरी छ । यस्ता नक्कली प्रमाणपत्र पेश गरी चिकित्सा क्षेत्र अध्ययनमा आउने प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि विशेष संयन्त्र बनाउनु जरुरी छ । जसको लागि मेडिकल अध्ययनको प्राथमिक चरणमै मेडिकल कलेजले विद्यार्थीहरुको एसएलसी र प्रवीणता तहको प्रमाणपत्र भेरिफाई गरी भर्ना लिँदा यस विकृति र गैरकानुनी क्रियाकलापलाई रोक्न सजिलो हुन्छ । जसको लागि मेडिकल काउन्सिल, मेडिकल कलेज, उच्च माध्यमिक शिक्षा परिषद् र परीक्षा नियन्त्रण कार्यलयको बीचमा समन्वय हुनु जरुरी छ ।
यसरी सरकारले यस क्षेत्रको विश्वसनीयता र भरोसालाई उच्च बनाउनको निम्ति यस क्षेत्रमा मौलाएका गलत प्रवृत्ति, मेडिकल सिन्डिकेट, व्यापारीकरण र लापरवाहीहरुलाई नियन्त्रण गर्नका लागि आवश्यक ऐन नियम कानुनहरु परिमार्जित गर्नुपर्दछ । यस क्षेत्रलाई नितान्तै स्वस्थ र सेवामूलक क्षेत्रका रुपमा विकास गर्नुपर्दछ । किनभने स्वास्थ्य क्षेत्र जनताको आधारभूत आवश्यकताको क्षेत्र हो । जब यस क्षेत्रमा काम गर्ने चिकित्सकहरु दक्ष, विश्वासयोग्य र सेवामुखी हुन्छन् तब मात्र जनताले प्रभावकारी स्वास्थ्य सुविधा प्राप्त गर्दछन् । जसका लागि राज्यले त्यस्ता गलत ढङ्गले काम गरेका चिकित्सकहरुलाई कडाभन्दा कडा कारवाही गरी अन्य दक्ष र कर्मठ चिकित्सकको मनोबल बढाउने काम गर्नुपर्दछ । नक्कली चिकित्सक प्रकरणमा राज्यले देखाएको तदारुक्तालाई सकारात्मक रुपमा लिनुु पर्दछ । आशा गरौँ सरकारको यो कदमबाट मेडिकल क्षेत्रमा पछिल्लो समय देखिएका अविश्वासका खाडलहरु पुरिएर चिकित्सा क्षेत्र मजबुद र विश्वसनीय बन्दै जानेछ ।
(लेखक काठमाडौं मेडिकल कलेजका एमबीबीएस अन्तिम वर्षका विद्यार्थी हुन् ।)-रातोपाटीबाट

Post a Comment