Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा नेपाल सहमहामन्त्री प्रहलाद प्रसाद साह परिषद गठनमा व्यस्त

मोरगं, असार १ गते  । राप्रपा नेपाल मोरगं जिल्ला क्षेत्र नं ९ को क्षेत्रिय परिषद भेला उर्लाबारीमा   सम्पन्न भएको छ  । उक्त भेलामा प्रमुख अतिथी राप्रपा नेपालका सहमहामन्त्री प्रहलाद प्रसाद साहले रा.प्र.पा नेपाल ९४
प्रतिशत ओमकार परिवार र ८४ प्रतिशत हिन्दूहरुको एकमात्र प्रतिनिधि पार्टी रहेको बताउनु भयो ।



वहाँले मुलुकमा जनआन्दोलन भाग दुईको धारबाट जन्मेका काँग्रेस, एमाले,  माओवाद लगायत सबै पार्टी धर्म निरपेक्षता, गणतन्त्र र संघियताको पक्षमा लाग्दाको डरलाग्दो अवस्थामा जनतासंग प्रत्यक्ष संलग्न एकमात्र पार्टी राप्रपा नेपाल संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र स्वायत्त शासन प्रणालीप्रति निर्भिकताका साथ लागि परेको र सो मुद्दा प्राप्ती नहुञ्जेल राप्रपा नेपालले विश्राम नलिने बताउनु भयो । सो कार्यक्रममा जिल्ला अध्यक्ष लगायतकाले सम्बोधन गर्नुभएको थियो ।

सो परिषदको भेलाले क्षेत्रीय अध्यक्षमा ओम गौतम लगायत ११ परिषद सदस्यको चयन गरेको छ  ।


यसैगरी क्षेत्र नं ३ को क्षेत्रीय परिषद भेला बेलबारीमा सम्पन्न भएको छ  । सो भेलामा पार्टीका सहमहामन्त्री प्रहलाद प्रसाद साहले प्रमुख अतिथीको आसनबाट बोल्दै स्थानिय निकायको निर्वाचन आप्mनो पक्षमा पार्न जरैदेखि पार्टीलाई बलियो बनाउदै लानुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।  स्थानिय निकायलाई भ्रष्टाचार मुक्त निकाय बनाउनु पर्नेमा सहमहामन्त्री साहको जोड थियो ।



 उक्त कार्यक्रम पूर्व सांसद कर्ण बहादूर धिमाल, जिल्ला अध्यक्ष उद्धव दाहाल, कोशी अञ्चल सचिव श्याम कार्की, भोरण राजवंशी लगायतले राप्रपा नेपाल आप्mनो मुद्दाबाट विचलित नभएको बताउनु भयो । सो परिषद भेलाले बाग्दल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget